site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा अझै पनि दैनिक सवा लाख व्यक्ति संक्रमित
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्या अझै पनि एक लाखभन्दा बढी नै रहेको छ । पछिल्ला केही दिनदेखि दैनिक संक्रमितहरुको संख्या घट्दै गइरहे पनि एक लाखभन्दा बढी नै रहेको पाइएको हो । 

सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख २० हजार ५२९ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । यो संख्या अघिल्लो दिन शुक्रबारको भन्दा ११ हजार ८३५ जना कम भएको तथ्यांकमा देखिएको छ । भारतमा शुक्रबार एक लाख ३२ हजार ३६४ जना कोरोनाभाइरसबाट संक्रमित भएको विवरण सार्वजनिक भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म दुई करोड ८६ लाख ९४ हजार ८७९ जना संक्रमित भएका छन् । अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या भने १५ लाख ५५ हजार २४८ रहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो एक दिनमा भारतमा कोरोनाभाइरसका कारण तीन हजार ३८० जनाको मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कुल मृतकको संख्या तीन लाख ४४ हजार ८२ पुगेको छ ।

Global Ime bank

कोरोनाभाइरसबाट संक्रमित भएर पनि गत २४ घण्टामा एक लाख ९७ हजार ४९४ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल संख्या भने दुई करोड ६७ लाख ९५ लाख ५४९ पुगेको अधिकारीहरुले जनाएका छन् । कुल संक्रमितमध्ये ९३ प्रतिशत संक्रमणमुक्त भएको पाइएको छ । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  १४:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC