site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

‘ताजा जनादेश’ लिने भन्दै छ महिनाभित्र दुईपटक प्रतिनिधि सभा विघटन गराउने ‘चुनावी सरकार’का मुखिया प्रधानमन्त्री खड्गप्रसाद ओलीले तीन वर्षे कार्यकालमा १८ औंपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।  जनता समाजवादी पार्टीकाे एउटा चाेइटाेका केहीको मन्त्री हुने रहर पूरा गर्नुबाहेक यस हेरफेरकाे कुनै औचित्य भने देखिएकाे छैन । 

त्यसो त प्रधानमन्त्री ओली स्वयंको ‘वैधता’मा नै प्रश्न उठेकाे छ । नैतिकताका आधारमा त उनकाे क्रियाकलाप यसै पनि ‘अवैध’ छन् । त्यसमाथि शुकवार नियुक्त अधिकांश मन्त्रीको योग्यता ओलीकाे कृपापात्र हुनुबाहेक अरू देखिँदैन । सम्भवतः यसभन्दा पहिले यति धेरै ‘विदूषक’हरू मन्त्रिपरिषद्मा एकैपटक थुपारिएका थिएनन् ।

त्यसाे त, ‌ओलीका क्रियाकलापमा औचित्य र आधार खोज्नु पनि मूर्खता हुने देखिन्छ । मन्त्रिपरिषद्लाई नालायक चाटुकारहरूको भिडमा परिणत गर्नमा ओलीले ‘रेकर्ड’ नै बनाएका छन् । एकातिर, नेपालकाे संविधानले मन्त्रीको स‍ंख्या सीमित गरेको छ । अर्कातिर, ओलीले तीन तीन जनालाई उपप्रधानमन्त्री बनाएर तमासा देखाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

चुनाव घोषणा गर्ने अनि मनपरी सरकार हेरफेर गर्ने अधिकार न संसदीय लाेकतन्त्रले दिन्छ न त्यस कार्यले नैतिक वैधता नै पाउँछ । त्यसमाथि सरकारमा अर्को पार्टीका सदस्यलाई समावेश गर्नु त संसदीय लाेकतन्त्र र विधिकाे शासनकाे खुला उपहास नै हाे ।

लाेकतन्त्रमा कसैले पनि मनपरी गर्न पाउँदैन । शासकका सबै क्रियाकलाप विधि, निषेध र नैतिकताका बन्धनबाट निर्देशित हुन्छन् । प्रतिनिधि सभा विघटन गरेर चुनाव घोषणा गर्ने तर चुनावका अवधिमा गर्नै नहुने सबै काम धमाधम गर्ने ? कुन नैतिकता वा संविधानले दिएकाे छ यसरी सर्वसत्तावाद  चलाउने अधिकार ? 

Global Ime bank

प्रधानमन्त्री ओलीले मात्र संविधानकाे अक्षर, भावना र मर्मकाे उल्लङ्घन गरेका हैनन् प्रदेशतिर पनि विधिकाे शासन र लाेकतान्त्रिक मान्यताकाे उपहास गर्ने होड चलेकाे छ । प्रदेश १, गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीहरू प्रदेश सभामा स्पष्ट अल्पमतमा देखिए पनि विश्वासकाे मत लिने हैन  पदमा टाँसिने  कपटखेल गरेर बसेका छन् ।

संविधान, राष्ट्रिय ढुकुटी र जनहितमा प्रहार गर्ने यस्ता अनर्गल क्रियाकलापबाट  राष्ट्रलाई हुने आर्थिक, भौतिक र नैतिक क्षतिकाे पूर्ति कसरी र काेबाट गर्ने हो ? कि राष्ट्र र जनताविरुद्ध जति र जस्ताे अपराध गरे पनि शासकले सजाय भाेग्नै नपर्ने हो ? 

जनताप्रति पटक्कै जिम्मेवारी नभएका र लाेकतान्त्रिक पद्धति र नैतिकताकाे बन्धन स्वीकार नगर्नेहरूकाे ‘गिराेह’जस्तै देखिने यस मन्त्रिपरिषद्लाई बधाई र शुभकामना दिनु पनि त्यसकाे मतियार हुनु हो । यसैले यो मन्त्रिपरिषद् बधाई वा शुभकामनाकाे पात्र हुनसक्तैन । 



 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  ११:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC