site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
खनाल–नेपाल समूहको स्थायी कमिटी बस्दै, ज्ञवाली भन्छन्– परिस्थितिले नयाँ पार्टी बनाऊ भन्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । दुई दिने भर्चुअल बैठकपछि परिस्थितिको समीक्षा र नयाँ निचोड निकाल्न नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले स्थायी कमिटी बोलाएको छ । शनिबार दिउँसो १ बजे स्थायी कमिटी बैठक आह्वान गरिएको युवराज ज्ञवालीले जानकारी दिए । उनका अनुसार बैठक भर्चुअल माध्यमबाट हुने छ । 

“हामीले दुई दिन केन्द्रीय सदस्यहरूको धारणा सुन्यौँ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षसँग वार्ता, छलफल गरिरहेका कमरेडहरूको कुरा पनि सुन्यौँ । सबैको कुराको विश्लेषण गरेर एउटा निष्कर्षमा पुग्नुपर्ने भयो,” ज्ञवालीले बाह्रखरीसँग स्थायी कमिटी बैठकको आवश्यकता प्रष्ट्याउँदै भने ।

Prabhu Bank
Agni Group
NIC Asia

केन्द्रीय सदस्यहरूको छलफलमा एकता प्रयासलाई जारी राख्ने र नयाँ क्रान्तिकारी चेतसहितको पार्टी निर्माण गरेर जानुपर्ने दुवै कुरा समानान्तर वेगमा उठेको उनको भनाइ थियो ।

“विचार दुवै कोणबाट आएको छ । हामी एउटा निचोडमा पुग्नुपर्ने हुन्छ,” उनले थपे ।

Global Ime bank

ओली प्रतिगमन दोहोर्‍याएको दोहोर्‍याई

स्थायी कमिटी सदस्य युवराज ज्ञवाली आम नेता–कार्यकर्ता, समर्थक, सुभेच्छुकको भावना पार्टी एकता भए नै भए पनि परिस्थितिले नयाँ आन्दोलन विकास गर्नुपर्ने दिशामा धकेलेको संश्लेषण सुनाउँछन् । नयाँ पार्टी गठन अपरिहार्य हुँदै गएको उनको निचोड छ । 

“हामीले यसबीचमा एकताको प्रयास नगरेका होइनौँ । वार्ता टोली नै बन्यो । कार्यदल बनाएर छलफल गरौँ न त भनेको पनि हो,” उनी भन्छन्, “तर कार्यदल बनेर छलफल भइरहँदा ओलीले प्रतिगमन दोहोर्‍याए । हामीले संसद् विघटन प्रतिगमन हो भनेका छौँ ।”

उनी ओली आत्मआलोचित भएर नआउँदासम्म वार्ताले निष्कर्ष नदिने बताउँछन् । “उहाँ गल्ती सच्याउन तत्पर हुनुपर्‍यो,” उनी भन्छन्, “संसद् विघट त्रुटि थियो भनेर सच्याउन तयार हुनुपर्‍यो । तब न उनीसँग संवाद हुन सक्छ । यथास्थितिमा संवादको कुनै अर्थ छैन । यसले दिने परिणामको पनि अर्थ छैन ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  ०८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC