site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बैंकमा सात लाख ४१ हजार रुपैयाँ थपिनुबाहेक मेरो सम्पत्तिमा फेरबदल भएको छैन : प्रदीप ज्ञवाली 
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । मन्त्रिपरिषद्बाट बाहिरिएका प्रदीप ज्ञवालीले सरकारमा रहँदा आफूले तीन लाख ७२ हजार कर बुझाएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका नेताहरूसहित पार्टीका केही नयाँ अनुहार ल्याएर शुक्रबार मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका थिए । सोही क्रममा परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेका प्रदीप ज्ञवाली  पनि सरकारबाट बाहिरिएका थिए ।

शुक्रबार राति ज्ञवालीले आफू सरकारमा रहँदा विदेश  भ्रमण बापतको लेभी ३,१४,९३० रुपैयाँ र पारिश्रमिक बापतको लेभी ६,२०,००० गरी जम्मा ९,३४,९३० पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१ रुपैयाँ सरकारी कोषमा दाखिला भएको जनाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले हाल आफ्नो खातामा ७,४१,७७५ रुपैयाँ बचत रहेको पनि बताएका छन् । उनले आफू मन्त्री रहँदा केही घरायशी सामान एवं दुई सय जति पुस्तक थपिनुबाहेक मन्त्री बने लगत्तै सार्वजनिक आफ्नो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको पनि बताएका छन् ।

साथै उनले आफूले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) शुक्रबार नै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोकस्थित सरकारी निवास शनिबार बिहान छाड्ने पनि जनाएका छन् । 

Global Ime bank

उनले नवनियुक्त मन्त्रीहरूलाई बधाई तथा शुभकामना पनि दिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  २३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC