site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अर्थतन्त्र शिथिल बन्दैगर्दा किन बढ्दैछ सेयर बजार ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । गत आर्थिक वर्षमा १ दशमलब ९ प्रतिशतले संकुचन भएको अर्थतन्त्र यो वर्ष पनि सकारात्मक संकेत देखिदैन । केन्द्रीय तथ्याङ्क विभागले दोस्रो चौमासको तथ्याङकको आधारमा ४.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपाण गरेपनि जेठ १४ गते सार्वजनिक आर्थिक सर्वेक्षण र जेठ १५ मा बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ४ प्रतिशतको आर्थिक वृद्धि पनि चुनौतीपूर्ण रहेको बताए । 

कोभिडको कारण करिब १५ महिनादेखि अर्थतन्त्र प्रतिकुल रहेको छ । तर, नेपाली धितोपत्र (सेयर) बजारमा भने एक पछि अर्को नयाँ रेकर्ड बन्दै गएको छ । यो साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से २८५६ दशमलब ७६ अंकको ऐतिहासिक उचाइमा बन्द भयो । 

बजार परिसूचक मात्रै नभएर एक वर्ष अगाडि मुश्किलले १ अर्ब कारोबार हुने बजारमा यो साताको पहिलो कारोबार दिन आइतबार १७ अर्ब नाघ्यो भने बिहीबार १६ अर्ब ९० करोडको कारोबार भयो । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालको मात्रै नभएर कोभिडपछि विश्वकै सेयर बजार उचाइमा पुगेको छ । भारतीय सेयर बजार अहिले इतिहासकै उच्च बिन्दु नजिक रहेको छ भने विश्वका अन्य ठूला सेयर बजार पनि एक वर्षकै उच्च बिन्दुमा रहेका छन् । 

२०१९ को नोभेम्बरबाट कोरोना संक्रमण सुरु भएपछि सन् २०२० मार्चको मध्यसम्म विश्वभरको सेयर बजारमा एक तिहाइसम्मको गिरावट आयो । नेपालमा पनि २०७६ चैतबाट भएको लकडाउनले गर्दा ३ महिनाभन्दा बढी समय सेयर बजार बन्द भयो । 

Global Ime bank

त्यसपछि अनलाइनबाटै सेयर कारोबार गर्न सकिने भएपछि खुलेको सेयर बजार अर्थतन्त्र प्रतिकुल भएपनि लगातार उकालो लाग्यो । २०७७ असारमध्येमा खुलेको नेप्से ११८८ दशमलब ८१ अंकसम्म झर्‍यो । असार १५ मा खुलेका पछि सुरुका १/२ दिन नेप्सेमा गिरावट भएपनि त्यसपछि भने लगातार बढेर २०७७ मंसिरमा पुरानो १८८१ अंकको नेप्से अल टाइम हाइटको रेकर्ड तोड्दै अगाडि बढ्यो । 

२०७७ असारदेखि २०७८ जेठ २० सम्म आउँदा सेयर बजार परिसूचक नेप्से १४० प्रतिशतले बढेको छ । सेयर बजारका जानकार तथा बैंकर मनोज ज्ञवाली लकडाउनपछि आम सर्वसाधारण तथा व्यवसायीसँग जम्मा भएको पैसाको लगानीको अन्य विकल्प नहुँदा सेयर बजारमा लगानी बढ्दै गएको बताउँछन् । 

हुन पनि उनले भनेजस्तै अहिले केही रकम भएमा लगानीको विकल्पको रूपमा सेयर बजार नै देखिन्छ । बैंकमा निक्षेप राख्ने जाने हो भने अहिले निक्षेपको ब्याजदर मुद्रास्फीति जति पनि नहुँदा बैंकमा राखेको पैसा पनि अवमूल्यन हुने अवस्था छ । “अहिले तपाईंसँँग २ लाख रुपैयाँ पैसा छ भने के गुर्नुहुन्छ ?,” बैंकर ज्ञवालीले प्रश्न गरे । 

बैंकमा घटेको ब्याजदरको कारण पनि सेयर बजारमा लगानी बढेको उनले बताए । “आर्थिक गतिविधि नभएपछि निक्षेप बढी भयो, नयाँ कर्जा जाने अवस्था भएन, भएकै कर्जामा प्रतिस्पर्धा हुँदा ब्याजदर घट्दै गयो, जसले गर्दा विश्वव्यापी रूपमा नै अधिक तरलताको अवस्था भयो,” उनले भने, “तरलता बढी हुने र प्रयोग नहुने भएपछि बैंकमा राख्दा ब्याज न्यून आउने, जग्गामा हाल्दा रियल स्टेट पनि जोखिम हुने र किनबेचमा समय लाग्ने तर सेयर बजारमा लगानी गरे चाहिएको बेलामा बेच्न पाइने भएपछि सेयरमा पैसा गयो ।”

नेपालमा मात्रै नभएर विश्वभरी नै सेयर बजारको माग बढेर गएको र सेयर बजारमा गुल्जार देखिएको उनले बताए । अहिले लकडाउनको बेलामा पनि १६/१७ अर्बको दैनिक कारोबार हुने भनेको अन्य आर्थिक गतिविधि नहुँदा सबै पैसा सेयर बजारमा आएकोले कारोबार रकम बढेको उनको दाबी छ । 

अर्कोतर्फ अनलाइन कारोबारसँगै बजारमा लगानीकर्ताको पहुँच विस्तारले गर्दा पनि बजार परिसूचकसँगै कारोबार रकम बढेको छ । जति अनलाइन कारोबारको युजर र पासवर्ड लिनेको संख्या बढ्दै गएको छ कारोबार रकम पनि बढेको छ । अनलाइन कारोबार नहुँदा दलाल व्यवसायीले अर्डर राख्ने र खरिद गर्न चाहेर पनि नपाउने तथा विक्री गर्नेले पनि भन्ना साथ विक्री गर्न नपाउने अवस्था थियो । तर अहिले त्यो समस्याको अन्त्य भएको छ । 

तर अझै पनि अनलाइन कारोबार प्रणालीमा समस्या रहेको र त्यसको समाधान तथा लगानीकर्तामा पर्याप्त शिक्षा आवश्यक देखिन्छ । 

तर यसरी बुल बजारमा नयाँ लगानीकर्ता प्रवेशको प्रवेशले उनीहरूको लगानी जोखिममा पर्न सक्छ । वर्षदेखि घाटामा रहेका र अझै पनि आधा दशक लाभांश बाँड्न नसक्ने अवस्थाका हाइड्रोपावर कम्पनीको सेयर मूल्य ४/५ सय पुगेको अवस्था छ । बिमा कम्पनीको लाभांश प्रतिफल दर हेर्ने हो भने १ प्रतिशत पनि पाउन मुश्किल पर्ने अवस्था छ । 

थोक कर्जाको कारोबार गर्ने १/२ लघुवित्तबाहेक सबै लघुवित्तको सेयर मूल्य १ हजारमाथि छ भने करिब ५ हजारसम्म सेयर मूल्य रहेको लघुवित्त कम्पनी छ । अहिलेको बुल बजारमा कतिपय लगानीकर्ता लहैलहै र हल्लाकोपछि लागेर कम्पनीको ‘फन्डामेन्टल’ र संस्थागत सुशासन जस्ता कुराको अध्ययन नगरी लगानी गर्दा सेयर बजारमा जोखिम पनि उत्तिकै बढेको छ । 

पछिल्लो एक वर्षमा लगानीकर्ताले सेयर बजारबाट राम्रो लाभ पाए भने सरकारको राजस्वमा पनि टेवा पुग्यो । तर लगानीकर्तामै पर्याप्त ज्ञानको अभावले भने जोखिम पनि उत्तिकै बढेको छ । यस्तो अवस्थामा ‘फन्डामेन्टल’ र संस्थागत सुशासन जस्ता आधारभूत पक्षको अध्ययन गरेर लगानी गर्ने लगानीकर्ता  तुलनात्मक रूपमा सुरक्षित हुने भएपनि हल्लाकोपछि लगानी गर्ने लगानीकर्ता भने जोखिममा पर्ने अवस्था रहन सक्छ । तुलनात्मक रूपमा नियामकीय निकाय कमजोर रहेको हाइड्रोपावर, तथा उत्पादनमुलक र व्यापार क्षेत्रका कम्पनीहरूमा बढी जोखिम बढेको छ । 

यसमा धितोपत्र बजारको नियामक निकायको पनि प्रभावकारी भूमिका आवश्यक छ । अहिले विभिन्न समूह बनाएर बजार मूल्य प्रभावित गर्ने तथा अफवाहले बजार प्रभावित गर्ने गिरोह पनि सक्रिय देखिन्छ । यस्ता गिरोहबाट बजार प्रभावित हुनबाट रोक्न बोर्डले भूमिका खेल्नुपर्ने हुन्छ । 

तर बोर्डले भने बेलाबेला प्रकाशित गर्ने सूचना र विज्ञप्तिबाहेक अन्य ठोस कदम चलाउन सकेको छैन भने भित्री सूचनामा हुने कारोबार नियन्त्रण पनि गर्न कुनै कदम चालेको देखिदैन । सञ्चार माध्यममा आवाज उठेपछि ‘एक्सन’मा उत्रने नियामक निकायले बजार सुधारमा तदारुक्ता देखाउन आवश्यक छ ।  

किन उचालियो विकास बैंक र वित्त कम्पनीको सेयर मूल्य ? 
पछिल्लो केही समय यता विकास बैंक र वित्त कम्पनीको सेयर मूल्य उच्च दरमा बढेको छ भने बैंकिङले पनि केही साथ दिएको देखिएको छ । गत शनिबार अर्थमन्त्री विष्णु पौडेले आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गरेपछि सेयर बजारमा विकास बैंक र वित्त कम्पनी उपसूचक एकाएक उचालिएका छन् । 

जेठ ६ गते १५४७.४१ अंकमा रहेको वित्त कम्पनी उपसूचक दुई साताको ९ कारोबार दिनमै बढेर जेठ २० गते १९४२ दशमलब ५२ अंकमा पुगेको छ । पछिल्लो दुई सातामा वित्त कम्पनीको उपसूचक २५ दशमलब ५३ प्रतिशतले बढेको छ ।  पछिल्लो एक सातामा मात्रै वित्त कम्पनी उपसूचक १७ दशमलब ६७ प्रतिशतले बढेको छ । जेठ १३ गते १६५० दशमलब ८३ अंकमा रहेकोमा जेठ २० गते १९४२ दशमलब ५२ अंकमा पुगेको छ । 

वित्त कम्पनी उपसूचक मात्रै नभएर विकास बैंक उपसूचक पनि सोही दरमा बढेको छ । जेठ ६ गते ३१८२ दशमलब ३१ अंकमा रहेको विकास बैंक उपसूचक दुई सातामाको ९ कारोबार दिनमै बढेर जेठ २० गते ४०५० दशमलब ३२ अंकमा पुगेको छ । पछिल्लो दुई सातामा वित्त कम्पनीको उपसूचक २७ दशमलब २७ प्रतिशतले बढेको छ । पछिल्लो एक सातामा मात्रै विकास बैंक उपसूचक १७ दशमलब ३३ प्रतिशतले बढेको छ । जेठ १३ गते ३४५१ दशमलब ९९ अंकमा रहेकोमा जेठ २० गते  ४०५० दशमलब ३२ अंकमा पुगेको छ । 

सरकारले चालु बजेटमार्फत विकास बैंक र वित्त कम्पनीको संरक्षण गर्नेगरी वाणिज्य बैंकले विकास बैंक र वित्त कम्पनीलाई दिदै आएको सहुलियत हटाएको छ । जसले गर्दा अब विकास बैक र वित्त कम्पनी वाणिज्य बैंकसँग मर्जरमा जाने सम्भावना कम रहन्छ । 

वाणिज्य बैंकको तुलनामा विकास बैंक र वित्त कम्पनीको पुँजी पनि कम रहेकोले  सेयर बजारमा सप्लाई पनि कम छ । मर्जरमा जाने सम्भावना कम रहेको मूल्य आम्दानी अनुपात बिमा तथा लघुवित्त, हाइड्रोपावर र वास्तविक क्षेत्रका कम्पनीको तुलनामा कम भएकोले लगानीकर्ता विकास बैंक र वित्त कम्पनीमा लागेको बैंकर मनोज ज्ञवालीको विश्लेषण छ । जसले गर्दा पनि बजेट पनि फाइनान्स कम्पनी र विकास बैंकको सेयर मूल्य पछिल्लो समय लगातार उच्च दरले बढेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  २१:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC