site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निषेधाज्ञाकैबीच पूर्वाधार निर्माणलाई प्राथमिकता 
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञामा पूर्वाधार निर्माण र ढुवानीमा लगाइएको प्रतिबन्ध हटाएर शुक्रबारदेखि सञ्चालन गर्न दिएर विकास निर्माणलाई प्राथमिकता दिएका छन् । १९ गते उपत्यकाका तीन ओटै जिल्ला प्रशासन कार्यालयले कोरोना महामारी नियन्त्रण बाहिर गएको निष्कर्ष निकाल्दै पूर्वाधार निर्माण र सवारी ढुवानीमा रोक लगाएका थिए । प्रशासनले एकसाता उपत्यकाको निषेधाज्ञामा खाद्यान्न पसलसहित पुर्वाधार विकासका काम पनि ठप्प पारेको थियो । 

नेपाल निर्माण व्यवसायी महासंघले उच्च सतर्कता अपनाएर कडा निषेधाज्ञाकैबीच साना परियोजनाको कामलाई निरन्तरता दिएपनि प्रभावित बनेको जनाएको छ । प्रशासनको कडा निषेधाज्ञाले ती साना परियोजना पनि प्रभावित भएका थिए । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार दोस्रो लहरको कोरोना महामारीका कारण दुईसयभन्दा बढी योजनाहरू ठप्प भएका थिए । ‘‘अब प्रशासनले निर्माण व्यवसायलाई निरन्तरता दिन सहजीकरण गरिदिएको छ । स्वास्थ्य मापदण्ड पालना गरेर काम अगाडि बढाउनछौँ,” उनले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

सडक डिभिजन कार्यालय र काठमाडौं अन्तर्गतका निर्माणाधीन डेढ सय भन्दा धेरै योजनाहरू कडा निषेधाज्ञाकाबीच प्रभावित बनेका थिए । सडक डिभिजन कार्यालय काठमाडौंका अनुसार जैशाख १६ गतेदेखिको निषेधाज्ञाकाबीच सडक कालोपत्रे, फुटपाथ निर्माण,  रोड मार्किङ, सडक विस्तार मर्मत सम्भारका काम हुँदै आएका थिए । पछिल्लो साताको कडा निषेधाज्ञाकाबीच सबै ठप्प भएका थिए । यस्ता साना परियोजना पनि प्रभावित बन्न पुगे ।

सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपाली प्रशासनले गत सातादेखि पूर्वाधार निर्माण कार्य ठप्प पार्दा र ढुवानी सामग्री ओसारप्रसारमा रोक लगाएकाले प्रभावित भएको बताए । उनले चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न हुने भनिएका योजनाको काम प्रभावित भएको जानकारी दिए । 

Global Ime bank

‘‘प्रशासनको कडा निषेधाज्ञाबीच प्रायःजसो निर्माण भइरहेका योजनाहरू रोकिएका थिए । गत साताका कडा निषेधाज्ञाअघि सडक रङरोगन, जेब्राक्रसिङ लगायतका काम गरेका थियौँ । पछिल्लो साताको कडा निषेधाज्ञामा भने ती काम पनि रोकिएका थिए,” नेपालीले भने, ‘‘रोड मार्किङ, फुटपाथ निर्माण लगायतका काम गरिरहेका थियौँ । सडक डिभिजन कार्यालय अन्तर्गतका डेढ अर्ब रुपैयाँ भन्दा बढी निर्माणाधीन योजनाहरू रोकिएका थिए । अब चरणबद्ध रूपमा स्वास्थ्य मापदण्ड अपनाएर यी योजनाहरू अघि बढाउँछाैँ ।”

नयाँ बानेश्वरमा आकाशेपुल
निषेधाज्ञा कै बीच नयाँ बानेश्वरमा आकाशेपुलको काम अन्तिम चरणमा पुगेको छ । विगत तीन वर्षदेखि अलपत्र उक्त पुल जेठ महिनाभित्र तयार हुनेगरी काम भइरहेको प्रमुख नेपालीको भनाइ छ । निषेधाज्ञाकैबीच सडकमा सवारी चाप कम भएको बेलामा पुलको काम गर्न सहज भएकाले पुल निर्माणले तीव्र गति लिएको उनले बताए । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार स्वास्थ्य मापदण्ड अपनाएर आजदेखि पुर्वाधार निर्माणका काम गर्न दिइएको छ । गत साताको कडा निषेधाज्ञाको मोडालिटी परिवर्तन गरी प्रभावित पुर्वाधार निर्माणका योजना अघि बढाउने निष्कर्षमा पुगेको उनले जानकारी दिए । 
‘‘आजदेखि पूर्वाधार निर्माण व्यवसायीले कामदार राखेर काम अगाडि बढाउन पाउने छन् । जेठ १४ गतेदेखि पुर्वाधार निर्माण र ढुवानीका सामग्रीमा रोक लगाएका थियौँ । आजदेखि उपत्यकामा लागु भएको निषेधाज्ञामा भने मोडालिटी परिवर्तन गरी सहजीकरण गरेका छौँ,” प्रजिअ पराजुलीले भने, ‘‘स्वास्थ्य मापदण्ड पालना गरेर पुर्वाधार निर्माणका योजना अगाडि बढाउन सकिनेछ । पूर्वाधार निर्माणमा चाहिने ढुवानीका लागि भने बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्मको समय छुट्याइएको छ ।”

अनावश्यक निजी तथा सार्वजनिक सवारी साधनमा भने पहिलेकै अनुसार कडाइ गरिने प्रशासनले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  २०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC