site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
खनाल–नेपाल समूहको भर्चुअल बैठकमा नयाँ पार्टी गठन गर्न बहुमतको दबाब
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहको दुई दिन चलेको केन्द्रीय कमिटी भेलामा दुई खाले मत देखिएको छ । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार केहीले अन्तिम समयसम्म पार्टी एकताका लागि पहल गर्नुपर्ने धारणा राखेका छन् भने धेरै जसोले नयाँ पार्टी गठन गर्नुको विकल्प नभएको सुझाएका छन् ।

“आजको बैठकमा पनि हिजोको जस्तै नै सुझाव रह्यो । एक खाले साथीहरूको धारणा पार्टी एकताका लागि लामै समयसम्म प्रयत्न गर्नुपर्छ भन्ने छ । एक खालका साथीहरूले हामीलाई पाटीविहीन बनाइन्छ । केपी ओलीले शुद्ध मनले वार्ता गरेको होइन् । उपयोग गर्न नाटक गरिएकाले छिट्टै नयाँ पार्टी बनाउनुपर्छ भन्ने धारणा राख्नुभयो ” एक केन्द्रीय सदस्यले भने । 

भर्चुअल रूपमा भएको भेलामा पार्टी एकता पार लाग्दैन् छिट्टै नयाँ पार्टी गठन गरौं भन्नेहरूको संख्या बढी रहेको ती नेता बताउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“बैठक त्यही दुई खालको धारणमा नै सकिएको छ । तर, पार्टी एकता सम्भव छैन । नयाँ पार्टी गठन गरेर जानुपर्छ भन्ने कमरेडहरूको संख्या धेरै छ,”ती नेताले सुनाए । 

खनाल–नेपाल समूहले वार्ता जारी राख्ने र समानान्तर कमिटी गठनलाई पनि निरन्तरता दिने भएको छ । 
“वार्ता जारी राख्ने तर धेरै लामो समय नराख्ने भन्ने कुरा भएको छ । सम्भव भएसम्म कोरोनाको समयमा पनि समानान्तर कमिटी गठन गर्ने दिशामा अघि बढ्ने कुरा नै हो,” अर्का केन्द्रीय सदस्यले भने । 

Global Ime bank

बैठकमा नेता माधवकुमार नेपालले केपी ओली नसुध्रिने भएकाले आँट गरेर अघि बढ्नुपर्ने धारणा राखेको ती नेताले बताए । 

“ओली मात्रै नभएर उहाँका तर्फबाट वार्ता टोलीमा भएकाहरूले नै कार्यदल भंग भएको भनिसक्नुभएको छ । एकता सम्भव छैन । अन्तिम एउटा बाटो रोज्नुपर्छ । उहाँको कुरामा टसमस छैन् ”, ती सदस्यले सुनाए ।

त्यस्तै बैठकले बजेटदेखिका विषयहरू समेटेर एउटा वक्तव्य  निर्णय जारी गर्ने निर्णय गरेको छ । 

एमालेको ओली समूह खनाल–नेपाल समूह कमजोर पार्ने प्रयत्नमा छ । उक्त समूहका दोस्रो तहका नेताहरूलाई तान्ने प्रयास भइरहेको बताइएको छ । तथापी उक्त समूहले पार्टी एकताको प्रयासका लागि भन्दै स्थायी कमिटी बैठक सार्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC