site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
म एकताकै पक्षमा छु, फुटाउने काम त केपी ओलीले गरिरहेका छन् : माधव नेपाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेका कारबाहीमा परेका नेता माधवकुमार नेपालले आफू पाटी एकताकै पक्षमा रहेका बताएका छन् । दुई दिने (बिहीबार र शुक्रबार)को भर्चुअल भेलामा केन्द्रीय सदस्यहरूको धारणा सुनिसकेपछि उनले यस्तो बताएका हुन् । उनले आफू न्यायोचित एकताकै पक्षमा रहेका र पार्टीलाई फुटतिर अग्रसर गराउने काम प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको निष्कर्ष सुनाएका छन् ।

“म पनि पार्टी एकताकै पक्षमा छु । केपी ओलीका क्रियाकलाप, चिन्तले पार्टी विभाजनतिर अग्रसर गराएको हो,” नेता नेपालको भनाइको सार खिच्दै केन्द्रीय सदस्य रचना खड्काले भनिन्, “पार्टी कमिटीलाई जेठ २ मा फर्काउने गरी आउने हो भने केपी ओलीलाई शंकाको सुविधा दिन सकिन्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

तर, उनले ओली सुध्रने लक्षण भने नदेखिएको बताएको खड्काको भनाइ छ । आज बोल्ने केन्द्रीय सदस्यहरूको साझा धारणा पनि पार्टी एकताकै पक्षमा रहेको उनको भनाइ थियो ।

“केपी ओलीका क्रियाकलापले पार्टी एकतासम्बन्धी आम चाहनालाई खण्डित गरिरहेको छ  । तर, पनि हामी अन्तिमसम्म एकताकै पक्षमा उभिनुपर्छ,” केन्द्रीय सदस्यहरूको निष्कर्ष सुनाउँदै उनले भनिन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC