site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा जाने, ८ बजे शपथ
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । जनता समाजवादी पार्टी जसपा एमाले नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । शुक्रबार भएको सहमतिअनुसार राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी हुन लागेको बालुवाटार स्रोतले जानकारी दियो ।

“राजेन्द्र महतोको नेतृत्वमा जसपा ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा सहभागी हुन लागेको हो,” स्रोतले बाह्रखरीसँग भन्यो “महतो उपप्रधान तथा सहरी विकासमन्त्री बन्ने पक्कापक्की भएको छ । अरूको टुङ्गो लाग्न बाँकी रहेको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

स्रोतले ८ बजे शपथ ग्रहण तय भएको जानकारी दियो ।

“लामो छलफलपछि उहाँहरू सरकारमा जान राजी हुनुभएको हो,” स्रोतले भन्यो ।

Global Ime bank

त्यस्तै जनता समाजवादी पार्टीका नेता लक्ष्मणला कर्णले पार्टी सरकारमा सहभागी हुन लागेको जानकारी दिए ।

“हामी सरकारमा सहभागी हुन लागेका हौँ । प्रधानमन्त्रीसँगको लामो संवादपछि हामी सरकारमा सहभागी हुने कुुराको टुङ्गो लागेको छ,” कर्णले बाह्रखरीसँग भने, “कोको मन्त्री बन्दै हुनुहुन्छ, त्योचाहिँ टुंगो लाग्न बाँकी छ । शपथग्रहण आजै गराउने तयारी छ । अहिलेसम्म खबरचाहिँ आएको छैन ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC