site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रधानमन्त्री ओली र महन्थबीच छलफल हुँदै, सहमति भए आजै सपथ
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरबीच आज पनि छलफल हुँदैछ । आज दिउँसो हुने छलफलले सरकारबारे निष्कर्ष निकाल्ने जसपाका एक नेताले जानकारी दिए । 

जसपाको ठाकुर पक्षका शीर्ष नेताहरुबीच हिजो छलफल भएको र सहमति भए आजै सपथ हुन सक्ने ती नेताको भनाइ छ ।
 
“हिजो शीर्ष नेताहरुले कुराकानी गर्नुभएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल हुँदैछ । आज वार्ता टुंगिए सपथको सम्भावना छ”, ती नेताले भने । 

Agni Group

उनका अनुसार शीर्ष नेताहरुबीच ८ मन्त्री र २ राज्यमन्त्री लिएर शपथ गर्ने तयारी छ । ओलीले यसअघि नै ८ मन्त्री र २ राज्यमन्त्री लिएर सरकारमा आउन भनेको जसपाका नेताहरु बताउँछन् । 

एमालेका नेता सुवास नेम्वाङले पनि आज छलफल हुने जानकारी दिए । “उहाँहरुसँग संवाद भइरहेको छ । आज पनि हुन्छ,” उनले भने ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १३:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC