site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
वरिष्ठतम न्यायाधीशकै बन्यो नागरिकता अध्यादेशविरुद्धको रिटका लागि संवैधानिक इजलास
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नागरिकता अध्यादेशविरुद्धका रिटमा वरिष्ठतम न्यायायधीबाटै संवैधानिक इजलास बनाएका छन् ।

प्रधानन्यायाधीशकै नेतृत्वमा हुने संवैधानिक इजलासमा राणसहित दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

Agni Group

खतिवडाभन्दा वरीयताक्रममा अगाडि रहेका न्यायाधीश विश्वम्भरप्रसाद  श्रेष्ठ कोरोना संक्रमणका कारण आइसोलेसनमै रहेकाले खतिवडा संवैधानिक इजलासमा परेका हुन् ।

नागरिकता विधेयक संसद्मा पारित हुने अन्तिम चरणमा रहेका बेला सरकारले राजनीतिक लाभका लागि अध्यादेश जारी गरेर राष्ट्रहित र संविधानविरुद्ध काम गरेको भन्दै परेका नागरिकता अध्यादेशविरुद्धका रिटमा अहिले संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

Global Ime bank

वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की, अधिवक्ता विष्णुकुमारी गिरी, अधिवक्ता रामबहादुर शाही, अधिवक्ता कुलबहादुर बोगटी र अधिवक्ता वीरभद्र जोसीसहितले तथा मौलिक जरोकिलो पार्टीका तर्फबाट उपमहासचिव लक्ष्मण पोखरेलसहितले नागरिकता अध्यादेशविरुद्ध रिट दायर गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC