site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
शुभताराको अवसानले उब्जाएका प्रश्नहरु

निजी क्षेत्रको शुभतारा गुणस्तरीय शिक्षाको सन्दर्भमा प्रतिष्ठित विद्यालय हो । कुनैबेला यस विद्यालयमा छोराछोरी भर्ना गर्न अभिभावकहरूले फारम लिन लामो  लाममा उभिनुपर्थ्यो, नाम निकाल्न निकै कठिन  हुन्थ्यो, र त्यसका लागि देशका ठूलाठालुको भनसुन गराइन्थ्यो |  

आधुनिक शिक्षा, बालबालिका केन्द्रित शैक्षिक क्रियाकलाप, बालमैत्री वातावरण, वैज्ञानिक शिक्षासँगै नैतिक, व्यावहारिक,  सामाजिक शिक्षा, नयाँ शैक्षिक प्रणाली र प्रविधि, अत्याधुनिक र आकर्षक पूर्वाधारले शुभतारालाई उत्कृष्ठ बनाएको थियो । यस्तै, पारिवारिक संरचना र गुणस्तरीय शिक्षासँगै त्यही अनुरूपको सेवा  आदि धेरै कारणले शुभतारा उचाइमा पुग्न सफल भएको थियो । अबको पुस्ताले आफ्नै आँखाले यो देख्न पाउनेछैन |

यो विद्यालय बन्द हुनु आफैँमा दुःखद घटना त हुँदै हो यसले शैक्षिक क्षेत्रमा काम गरिरहेका मानिसहरूका सामु गम्भीर प्रश्नहरू खडा गरिदिएको छ |

Prabhu Bank
Agni Group
NIC Asia

यस विद्यालयमा पढ्ने र पढेका विद्यार्थीहरूलाई के असर होला ?

अहिले त्यहाँ पढिरहेका विद्यार्थी विद्यालय बन्द भएको थाहा पाउँदा पक्कै निराश हुनेछन् | उनीहरूको साथीहरूसँग बिछोड हुनेछ | शिक्षकहरू फेरिनेछन् | नयाँ स्कुल, नयाँ शिक्षक अनि नयाँ वातावरणमा घुलमिल हुनुपर्ने चुनौतीको सामना गर्नु पर्नेछ | केही वर्षपछि म शुभतारा नाम गरेको विद्यालयमा पढेको थिएँ भनेर सम्झिनेछन् र कोही कसैलाई सुनाउनेछन् | तिनको कथा सकिनेछ |

Global Ime bank

यस विद्यालयबाट प्रवेशिका वा माध्यमिक परीक्षा उत्तीर्ण गरी देश विदेशमा छरिएर बसेका पूर्वविद्यार्थीको कथा अलिक फरक हुनेछ | तिनलाई आफ्नो स्कुले जीवन फर्केर हेर्दा मेरो विद्यालय यो हो भनेर भन्न पनि गाह्रो हुनेछ |  मेरो विद्यालय भनेर फर्केर जाने ठाउँ हुनेछैन | साथीहरूसँग म यही स्कुलबाट माध्यमिक शिक्षा हासिल गरेको हुँ भनेर गर्वका साथ भन्न पाउनेछैनन् | 
यतिसम्म त सहलान् तर आफ्नो चारित्रिक प्रमाणपत्र, माध्यमिक परीक्षाको लब्धाङ्क पत्र र प्रमाणपत्र हराएमा वा नयाँ बनाउनु परेमा जिल्ला शिक्षा कार्यालयको कुनै दराजको कुनामा आफ्नो अभिलेख र विद्यालयको छाप खोज्नुपर्नेछ | लाज मान्दै त्यहाँको हाकिमलाई निवेदन गर्नुपर्ने स्थिति सहन कठिन पर्नेछ | विद्यालय जीवितै भएको भए यही काम गर्न खसी हुँदै विद्यालयमा जाने थिए र गुरुजनको प्रेमसहित प्रमाणपत्र प्राप्त गर्ने थिए |

शिक्षक, कर्मचारीलाई के होला ?

देशकै एउटा प्रतिष्ठित विद्यालयमा काम गरेको छु भन्ने आत्मसम्मानका साथ कार्यरत शिक्षक तथा कर्मचारीको रोजगारी गुम्नेछ | उनीहरूमा आश्रित परिवारका सदस्यहरू असुरक्षित हुनेछन् | लामो समयदेखि शुभताराको इतिहाससँगै हुर्केबढेका शिक्षक कर्मचारीलाई भावनात्मक चोट पर्नेछ | समयको मलमले त्यो चोट त बिस्तारै निको पार्ला तर  विद्यालय ढल्नुका अनेक कारणमध्ये जानीनजानी आफू पनि भएको बोध भएमा आजीवन आत्मग्लानि हुनेछ | 

अभिभावकहरूलाई के होला ?

छोराछोरी पढ्ने विद्यालय आफ्नै सन्तानजत्तिकै प्यारो ठान्ने अभिभावलाई शुभताराको अवसानले पक्कै दुःख लाग्ने छ । सञ्चालन भइदिए सकेको साथ सहयोग गर्ने थिएँ भन्ने पनि लाग्नेछ | 

विद्यालयले आफ्नो सन्तानलाई आफूलेभन्दा धेरै हेरचाह र सुरक्षा गरिदियोस् भन्ने चाहने तर विद्यालय बन्दै हुन लाग्दा पनि सहयोगी हात अगाडि बढाउनुपर्छ भनेर नसोचच्ने अर्काथरी अभिभावक पनि छन् । उनीहरू विद्यालयका ससाना कमी कमजोरी केलाई केलाई ठूला आँखाले हेर्छन् । तर, विद्यालय दुःखमा परेको घडीमा भने आँखा चिम्लेर बस्छन् । रोजीरोजी, खोजीखोजी, साम, दाम,  दण्ड, भेद सबै नीति अपनाएर छोराछोरी भर्ना गराउने अनि, भर्ना गरिसकेपछि विद्यालयलाई सकारात्मक बल पुग्ने काम गर्नुको सट्टा शिक्षक तथा विद्यालयलाई कमजोर बनाउने व्यवहार गर्छन् । तिनलाई भने यस घटनाले पिन खासै नछोला । 

के कारणले बन्द हुन्छन् शुभताराजस्ता विद्यालयहरू ? 

•    अधिकांश अभिभावलाई निजी विद्यालय नै चाहिने तर सधैँ निजी विद्यालय मास्नुपर्छ भनेर वकालत गर्ने अनि गाली गरेर कहिल्यै नथाक्नेहरू !

•    निजी विद्यालयले काम गरेको, पूर्वाधार बनाएको, विद्यार्थीका लागि खर्च गरेको नदेख्ने तर कमाएको मात्रै देख्ने, निजी विद्यालयहरू वैरी नै हुन् कि झैँ गरी जहिले पनि नकारात्मक नजरले हेर्ने पूर्वाग्रहीहरू !
 
•    ठूला भवन, राम्रा गाडी, आधुनिक प्रविधि, सरसामान र पैसा भएपछि विद्यालय बनिहाल्छ नि भनी ठान्ने उपवुज्रुगहरू !

•    मानव संसाधन पनि संस्थाको पुँजी र बलियो पूर्वाधार हो भन्ने यथार्थलाई मनन गर्न नसक्ने अज्ञानीहरू !
 
•    चन्दा र सहयोगको नाममा निजी विद्यालयलाई जतिखेर पनि आतङ्कित बनाइरहनेहरू

•    शिक्षणजस्तो पवित्र सेवा अंगालेका शिक्षकलाई विभिन्न दलीय संघ संगठनमा बाँधेर विद्यालयमा व्यवस्थापनविरुद्ध राजनीति गर्न सिकाउने तर  कर्तव्य, दायित्व र अनुशासन कहिल्यै नसिकाउने राजनीतिक दलका नेताहरू ! 

जति कारणहरू केलाए पनि नहुनुपर्ने भइसक्यो | सबै सरोकारवाला आआफ्नो ठाउँमा सकारात्मक, इमानदार र जिम्मेवार बन्न सकेको भए देशले राम्रो शैक्षिक संस्था गुमाउनु पर्दैन थियो | यो दुःखद अवस्था उत्पन्न हुनुमा समाजका सबै पक्षको धेरथोर भूमिका छ ।

जेहोस्, देशमा अघि बढिरहेका र चलिरहेका  सफल  शैक्षिक संस्थाहरूमा हातेमालो गर्ने सबै विद्यार्थी,  शिक्षक तथा कर्मचारी, अभिभावक वर्ग र अन्य सबै सरोकारवालाहरूप्रति मेरो सम्मान  छ | शुभतारा स्कुलको असामयिक अवसानजस्तो घटना हाम्रो शैक्षिक जगतमा नदोहोरियोस् भन्ने |

(प्रधानाध्यापक, निर्भाणा एकेडेमी, स्वयम्भू)

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC