site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अग्रगामी शक्तिहरुबीच एकताबद्ध पहलकदमीको आवश्यकता : प्रचण्ड
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक जागरण अभियान र कठोर कानुनी उपचारले मात्र छुवाछुतजस्ता सामाजिक अपराधलाई निर्मूल गर्न सकिने बताएका छन् ।

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुक्रबार उनले जातीय भेदभाव तथा छुवाछुत हटाई सामुदायिक सहिष्णुता कायम राख्न अग्रगामी शक्तिहरुबीच एकताबद्ध पहलकदमीको आवश्यकता औँल्याएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“सामन्ती राज्य व्यवस्थाविरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि अहिले गुम्दै जाने खतरा पैदा भएको छ । सामन्तवादका उपज सामाजिक कलंकका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछुत हटाई सामुदायिक सहिष्णुता कायम राख्न अग्रगामी शक्तिहरुका बीच एकताबद्ध पहलकदमीको आवश्यकता छ । सामाजिक जागरण अभियान र कठोर कानुनी उपचारले मात्र यस्ता सामाजिक अपराधलाई निर्मूल गर्न सकिन्छ,” विज्ञप्तिमा भनिएको छ ।

उनले मानिसले मानिसमाथि गर्ने भेदभाव र छुवाछुत २१औँ शताब्दीको मानव समुदायका लागि लज्जाको विषय भएको पनि बताएका छन् ।

Global Ime bank

संविधान र कानुनमा भएको व्यवस्था मात्र कठोरतापूर्वक कार्यान्वयन गर्न सके पनि दलित समुदायमाथि हुने हिंसा न्यूनीकरण हुने र उत्पीडित समुदायहरुले न्यायको अनुभूति गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । 

उनले स्थानीय तहसम्म निगरानी संयन्त्र बनाई जातीय भेदभाव तथा छुवाछुतको अन्त्य गर्ने कार्यमा जुट्न सबैमा अपिल पनि गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  ०९:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC