site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
खनाल–नेपाल समूहका चार नेताको संयुक्त दबाब : नयाँ पार्टी गठन गरेर जाऔँ
Ghorahi CementGhorahi Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र अन्तरसंघर्ष चर्कंदो छ । अन्तरसंघर्ष फुटतिर अग्रसर भइरहेका बेला दोस्रो तहका नेता संवादमा पनि छन् । खासगरी झलनाथ खनाल र माधवकुमार नेपाल समूहभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीलाई जेठ २ मा फर्काएर एकता बचाउनुपर्ने बहस चलिरहेको छ ।

घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट आदि नेताहरू नै ओलीसँग मिल्नुपर्ने बताउन थालेपछि खनाल–नेपाल समूहभित्रै ध्रुवीकरण सुरु भएको छ । बिहीबार भर्चुअल छलफलमा पनि यसबारे खुलेरै छलफल भएको र भुसाल, पाण्डे, विष्ट र भट्टराईले भ्रम चिर्ने प्रयास गरेको नेताहरूले बताएका छन् ।

Agni Group

खनाल–नेपाल समूहकै चारजना नेताले भने ओलीसँग मिल्नै नसकिने विचार प्रस्तुत गर्दै अलग पार्टी बनाउनुपर्ने धारणा अघि सारेका छन् । केन्द्रीय सदस्य जगन्नाथ खतिवडा, प्रकाश ज्वाला, डा. विजय पौडेल र राजेन्द्र राईले नयाँ बाटो तय गर्नुपर्ने बताएका छन् ।

“हामी पुनः जोड दिन चाहान्छौँ कि वार्ता गर्ने कार्यदलको औचित्य समाप्त भइसकेको छ, यसलाई तत्काल बन्द गरौं । नयाँ आधारमा नयाँ राजनीतिक बाटो तय गरौं र देशलाई प्रतिगमन, राष्टघात, फिजीकरण गर्ने गुरुयोजनालाई परास्त गर्न लागौँ । कम्युनिष्ट आन्दोलनमा वर्तमानमा हाबी भएको विसर्जनवाद र दक्षिणपन्थको विरुद्धमा प्रगतिशील, देशभक्त र लोकतान्त्रिक शक्तिलाई गोलदन्द गरौं र देशको संघीय, लोकतान्त्रिक गणथतन्त्रमाथि आइपरेको चुनौती सामना गर्न देशभरीका लोकतान्त्रिक शक्तिलाई एकताबद्ध बनाउन लागौँ,” चारजनाले संयुक्त धारणा अघि सारेका छन् ।

Global Ime bank

उनीहरूले दसबुँदे धारणा अघि सार्दै प्रधानमन्त्री ओलीले पार्टी फुटाइसकेको बताएका छन् ।

“के पार्टीभित्र आन्तरिक एकता गर्ने ठाउँ केपी पक्षले बाँकी राखेको छ ? के ०७८ फागुन २८ गतेदेखि उनीहरु स्वयम्ले पार्टी विभाजित गरेका होइनन् ? पार्टी कब्जा गर्ने नियतले गरेका सबै कृत्यहरूले कार्यकर्ताहरूलाई एकताको भाव भर्ने गरी, उत्साही बनाउने गरी तथा दुबै पक्षको विजय भएको अनुभूति हुने गरी सहमति गरिनेछ भन्ने विश्वास दिलाउन सक्ने आधार तयार गरेको छ ? के हामीले गर्विलो स्वरले पार्टीलाई विधि विधान, अनुशासन र यसको मूल्य प्रणाली अनुसार हिन्न वाध्य बनाउन छौं भनी गरेको उद्घोषलाई कुनै सहमतीले सफल बनाउने छ ? यी प्रश्नहरूको सही उत्तर खोज्ने क्रममा नै हाम्रा विचारको रक्षा हामी आफैंले गरेका हुन्छौँ कि हुँदैनौ भन्ने कुराको निक्र्यौल गर्दछ । यो वार्ता सन्दर्भ असफल हुने प्रष्ट देखिएको छ,” उनीहरूले किटान गरेका छन् ।

पूर्णपाठ

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  २३:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC