site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
खनाल–नेपाललाई ४ नेताको ध्यानाकर्षण : कार्यदलको औचित्य सकियो, नयाँ राजनीतिक बाटो तय गरौँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालको खनाल–नेपाल समूहका चार नेताले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिल्न नसकिने निष्कर्षमा पुग्न स्थायी कमिटीलाई सुझाव दिएका छन् । 

पोलिटब्यूरो सदस्यहरू जगन्नाथ खतिवडा र विजय पौडेल प्रकाश ज्वाला र केन्द्रीय कमिटी सदस्य  राजेन्द्र राईले ओली दक्षिणपन्थीको प्यादा बनेर देशको संविधानमाथि आक्रमण गरिरहेको ठहर गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“केपी ओली नेतृत्वको सरकार आज संकटमा परेको छ । उनको लोकप्रियता समाप्त प्रायः छ ।  देशभित्रको राननीतिक शक्ति सन्तुलन उनको विपक्षमा गइरहेको छ । तसर्थ  उनी विदेशी शक्तिको आडमा टिकिरहेका छन् । उनीहरूको स्वार्थका लागि काम गरिरहेका छन् र स्वदेशी तथा विदेशी दक्षिणपन्थीको प्यादा बनेर देशको संविधानमाथि आक्रमण गरिरहेका छन् भन्ने विश्लेषण हाम्रो विचार समूहकै साझा ठहर हो भन्ने देशभरिकै कार्यकर्तालाई जानकारी छ । उनी र उनका समर्थकहरू यतिबेला प्रतिगमन र देशघातको नेतृत्व गर्दैछन् । यति गम्भीर पक्षहरू जान्दा जान्दै उनको अपराधजन्य कार्यहरूलाई ढाकछोप गर्ने गरी कुनै बहानामा जोगाइदिने, पार्टीमा विद्रोह गर्ने हजारौँ कार्यकर्ता तयार भएको बेलामा त्यसलाई तुहाइदिने, अब केपी ओलीसँग मिल्न सकिँदैन भनेर निष्कर्ष निकाली अन्य राजनीतिक दलसँग सहकार्यको थालनी गरेको दिनदेखि नै घात गर्न थाल्ने कार्यले हामीप्रतिको  विश्वसनीयता र व्यक्तित्वलाई मात्र समाप्त गर्दैन, समग्र राजनीतिलाई झन दूषित बनाउने समूहको रुपमा चित्रित हुनेछौँ । हामी आफैं आफ्नो एजेण्डा छोडेर नैतिक र वैचारिक रुपले घरको न घाटको बन्ने दिशामा हिँड्न थाल्यौँ भने हाम्रो राजनीतिक स्वत्व बाँकी रहँदैन,” उनीहरूले सुझावमा भनेका छन् । 

त्यस्तै उनीहरूले पार्टी एकताका लागि बनेको कार्यदलको औचित्य सकिएकाले त्यसलाई रोक्न पनि आग्रह गरेका छन् । उनीहरूले मिल्दा आफूहरू नै सकिने भएकाले नयाँ राजनीतिक बाटो तय गर्न सुझाव पनि दिएका छन् ।

Global Ime bank

“हामी पुन जोड दिन चाहान्छौँ कि  वार्ता गर्ने  कार्यदलको औचित्य समाप्त भईसकेको छ, यसलाई तत्काल बन्द गरौँ । नयाँ आधारमा नयाँ  राजनीतिक बाटो तय गरौँ र देशलाई  प्रतिगमन, राष्टघात, फिजीकरण गर्ने गुरुयोजनालाई परास्त गर्न लागौँ । कम्युनिष्ट आन्दोलनमा वर्तमानमा हावी भएको विसर्जनवाद र दक्षिणपन्थको विरुद्धमा प्रगतिशील, देशभक्त र लोकतान्त्रिक शक्तिलाई गोलदन्द गरौं र देशको  संघीय,लोकतान्त्रिक गणथतन्त्रमाथि आई परेको चुनौति सामना गर्न  देशभरिका लोकतान्त्रिक शक्तिलाई एकताबद्ध बनाउन लागौँ,” उनीहरूको सुझाव छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  २२:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC