काठमाडौं । सरकारले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि हुने आक्रमणका दाेषीलाई कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेकाे छ । आज बालुवाटारमा बसेकाे मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरेकाे परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
"स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि हुने आक्रमणलाई दण्डनीय बनाउन एउटा अध्यादेश ल्याउने निर्णय भएकाे छ । डाक्टरहरूकाे पनि माग थियाे," उनले भने ।
अध्यादेशमा अस्पताल आगजनी गरे ३ देखि ५ लाख रूपैयाँसम्म जरिवाना र २ देखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए । त्यस्तै स्वास्थ्यकर्मीलाई कुटपिट गरी अंगभंग तुल्याएमा, घाइते तुल्याएमा ३ वर्ष कैद र ३ लाखसम्म जरिबानाको प्रबन्ध गरिएको श्रेष्ठको भनाइ छ ।
केही दिनअघि भेरी अस्पतालमा चिकित्सकमाथि आक्रमण भएकाे थियाे।