site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
खनाल–नेपाल समूहको छलफल भोलि पनि, एकताका लागि अन्तिमसम्म कसरत गर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)काे असन्तुष्ट समूहले छलफललाई शुक्रबार पनि निरन्तरता दिने भएको छ । केन्द्रीय सदस्यहरूले आयोजना गरेको भर्चुअल छलफलमा केही केन्द्रीय सदस्यहरूले बोल्न बाँकी रहेकाले बैठक भोलि पनि जारी रहने रचना खड्काले जानकारी दिइन् ।

“आज ४२–४३ जना केन्द्रीय सदस्यहरूले बोल्नुभयो । सबैले पार्टी एकतालाई बचाउन अन्तिमसम्म पहल गर्नुपर्ने बताउनुभएको छ,” उनले छलफलको सार खिच्दै भनिन्, “तर पार्टी एकताका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली इमान्दार छन् त ? उनी जेठ २ मा फर्किन र यसबीचमा गरेको काममा निम्ति आत्मालोचित हुन चाहन्छन् भन्ने प्रश्नचाहिँ सबैको मनमा छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले आज बोल्ने अधिकांश सदस्यहरू अर्को पार्टी निर्माण गरिहाल्ने पक्षमा नदेखिए पनि ओलीले एकता बचाउँछन्, जेठ २ मा फर्कन राजी हुन्छन् भन्नेमा संशय पालेको बताइन् ।

“आजको छलफलमा मुख्यतः वार्ता के हो ? किन एक्लाएक्लै वार्ता भइरहेको छ । संयोजकलाई कारबाही गरेर हटाउने, कार्यदलका सदस्यहरूचाहिँ ओली पक्षसँग किन वार्ता गर्न गइरहेका छन् भन्ने प्रश्न सबैको मनमा उब्जिएको देखियो,” उनले छलफलबारे प्रकाश पारिन्, “संवादमा जुटेका नेताहरूले नेता माधवकुमार नेपालसँग छलफल, कुराकानी गरेरै एकता बच्छ भने संवादबाट किन टाढिने त त भनेर वार्ता भएको भन्ने प्रष्ट भयो । मुख्य त्यही द्विविधा थियो, त्यो हट्यो ।”

Global Ime bank

उनले सुरुमा बोल्दै नेता नेपालले केन्द्रीय सदस्यबाट राय मागेको जानकारी दिइन् । त्यसपछि झलनाथ खनालले धारणा राखेका थिए । खनालले युवा पुस्ताले आन्दोलनको नेतृत्व लिनुपर्नेगरी अघि बढ्न सुझाएका थिए । 
त्यसपछि भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेले ओलीपक्षसँग भइरहेको छलफलबारे प्रष्ट्याएका थिए । भुसाल र पाण्डेले एकै स्वरमा नेता नेपालसँग छलफल गरेरै कुराकानी अघि बढाएको बताएका थिए भने रावलको धारणा अलिक बेग्लै थियो । उनले एकातिर कारबाही र अर्कोतिर संवाद गरेर ओली पक्षले अल्मल्याउन खोजेको आशय व्यक्त गरेका थिए ।

आज स्थायी कमिटीका अरू नेताले धारणा राखेनन् । भोलि बिहान ११ बजेबाट सुरु हुने छलफलमा सबैका धारणा सुनेर नेता नेपालले निष्कर्ष दिने खड्काले जानकारी दिइन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC