site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
खनाल नेपालनिकट जनसंगठनहरूको चेतावनी– जेठ २ मा निःशर्त फर्कियोस्, नत्र अर्को पार्टी बनाउँछौँ
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा एमालेमा विवाद चर्किंदो छ । बिहीबार झलनाथ नेपाल र माधवकुमार नेपालनिकट जनसंगठनहरूले सामूहिक वक्तव्य निकालेर जेठ २ मा फर्किन चेतावनी दिएका छन् । अन्यथा अर्को आन्दोलन निर्माण गर्ने शंखघोष पनि गरेका छन् ।

त्यसो त केही दिनअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट जनसंगठन प्रमुखहरूले संसद् विघटनविरुद्ध वक्तव्यबाजी नगर्ने चेतावनी दिएका थिए ।

Agni Group

“हामी चाहन्छौँ, आम नेता तथा कार्यकर्ता चाहन्छन्, एकताबद्ध नेकपा (एमाले)कै नेतृत्वमा कम्युनिष्ट आन्दोलन सृदृढ बनोस् । हामी चहान्छौं–नेकपा (एमाले) कै नेतृत्वमा नेपाली जनताको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा होस् । यसको निम्ति पार्टी, जनसंगठन र पेशागत सगठनका सबै संरचनाहरूलाई २०७५ जेठ २ गतेको स्थितिबाट केन्द्रदेखि स्थानीयतहसम्म क्रियाशील बनाइयोस् । यदि त्यसो नगरिए पार्टी र आन्दोलन विर्सजनको बाटोमा जान सक्छ । यदि त्यस्तो अवस्था आए हामी त्यसो हुन दिने छैनौं । जनताको लामो र कठोर संघर्षबाट प्राप्त उपलब्धीहरूको रक्षाको निम्ति, गौरवमय इतिहास बोकेको पार्टी र आन्दोलनको रक्षाको निम्ति पार्टीलाई नयाँ शिराबाट एकताबद्ध गरेर क्रान्तिको नयाँ झन्डा उठाउनुपर्नेछ । इतिहासको यो आदेश र आबश्यकता निम्ती नयाँ प्रतिबद्धता र दृढताकोसाथ उभिन हामी तयार रहेको पनि जानकारी गराउन चाहन्छौं,” खनाल–नेपालनिकट जनसंगठनहरूले निकालेको सामूहिक विज्ञप्तिमा भनिएको छ ।

पूर्णपाठ

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC