बाह्रखरी
भर्खरै
Ncell inner sticky
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
इजरायलको राष्ट्रपतिमा आइज्याक हर्जोग निर्वाचित
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, जेठ २०, २०७८
Laxmi Bank
Laxmi Bank

जेरुसेलम । इजरायलको राष्ट्रपतिमा वरिष्ठ राजनीतिज्ञ आइज्याक हर्जोग निर्वाचित भएका छन् ।

देशको ११औँ राष्ट्रपतिका रुपमा निर्वाचित हर्जोगले १२० सदस्यीय इजरायली संसदबाट ८७ मत प्राप्त गरेका थिए । इजरायलमा हाल रुभेन रिभलिन राष्ट्रपति छन् । उनको कार्यकाल अर्को महिना समाप्त हुँदै छ ।

आलंकारिक मानिने इजरायलको राष्ट्रपतिको कार्यकाल सात वर्षको हुन्छ । हर्जोगले राष्ट्रपतिका अर्का उमेदवार मेरियम पेरेजलाई पराजित गरेका थिए ।

Duber nepal

Agani Group

चुनावी नतिजा सार्वजनिक भएलगत्तै नवनिर्वाचित राष्ट्रपति हर्जोगले आफू सबै जनताको राष्ट्रपति हुने विश्वास व्यक्त गरे । ६० वर्षीय हर्जोगले भने, “हामीले इजरायलको अन्तर्राष्ट्रिय छविलाई सुदृढ गर्नुपर्नेछ र इजरायलविरोधी भावनालाई हटाउन प्रयत्न गर्नुपर्नेछ । साथै, हाम्रो लोकतन्त्रको स्तम्भलाई संरक्षण गर्नुपर्दछ ।”

हर्जोग यसअघि लाबोर पार्टीको पूर्वप्रमुख रहनुका साथै सन् २०१५ मा संसद्मा विपक्षी दलको नेता थिए । उनी सन् २०१५ को चुनावमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विरुद्धमा चुनावी मैदानमा उत्रिएका थिए ।

हर्जोग इजरायलको प्रभावशाली जियोनिस्ट परिवारका सदस्य हुन् । उनका बुवा चाइम हर्जोग पनि इजरायलको राष्ट्रपति र संयुक्त राष्ट्रसंघका लागि इजरायली राजदूत थिए । उनका काका अब्बा एबान पनि इजरायलको पहिलो विदेशमन्त्री रहेका थिए ।

अर्की उमेदवार ६७ वर्षीया पेरेज बढी अनुदारवादी र राष्ट्रवादी स्वभावकी छन् । उनी मोरक्कोबाट सानैमा इजरायल बसाईँ सरेकी थिइन् । उनले इजरायलमा शिक्षिका, शिक्षाकर्मी र यहूदी धर्मको बारेमा अध्यापकका रुपमा सेवा गरेकी छन् । उनका दुई छोराको इजरायली सैनिक सेवामै रहँदा मृत्यु भएको थियो ।

सन् २०१८ मा उनलाई इजरायलको सर्वोच्च पदक 'इजरायल प्राइज'बाट सम्मानित गरिएको थियो । 

राष्ट्रपतिमा निर्वाचित हुन इजरायली संसद् नेसेटको १२० स्थानमध्ये कम्तीमा ६१ स्थान प्राप्त गर्नुपर्छ । विजयी उमेदवारले आगामी जुलाई ९ बाट कार्यभार सम्हाल्नेछन् । रासस/एपी

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, जेठ २०, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्