site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अफगानिस्तानमा तालिबानका एक कमान्डरसहित १८ जना तालिबान मारिए
सांकेतिक तस्बिर ।
Sarbottam CementSarbottam Cement

सिबरघान (अफगानिस्तान) । अफगानिास्तानको उत्तरी जाबिजान प्रान्तको आगचे जिल्लामा अफगान प्रहरीले गरेको तालिबानविरुद्धको कारबाहीको क्रममा कम्तीमा पनि १८ जना तालिबान आतंककारी मारिएका छन् ।

अफगान सैनिक अधिकारीले बिहीबार दिएको जानकारीअनुसार सो प्रान्तमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा आतंककारीका विरुद्धमा हवाई कारबाही गरिएको थियो । त्यस कारबाहीमा परी १८ जना तालिबानको ज्यान गएको बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस आक्रमणमा परी एकजना तालिबानका कमान्डर पनि मारिएका छन् । मोहमद कुरी रजिम नामका ती तालिबानका कमान्डर सो क्षेत्रका प्रभावशाली व्यक्ति रहेका बताइएको छ ।

सो प्रान्तको सैन्य संगठनका प्रवक्ता मोहमद हनिफ रेजाइले सो घटनाको पुष्टि गरेका छन् । यहाँको सेना र प्रहरीले उक्त जिल्लामा हवाई हमला गरेको थियो । त्यस कारबाहीमा परी तालिबानका कमान्डर रजिम मारिएका सैनिक प्रवक्ता मोहमद हनिफ रेजाइले पुष्टि गरे । उनले ती कमान्डरसहित १८ जना सो कारबाहीमा मारिएका बताए ।

Global Ime bank

यस कारबाहीको तालिबान आतंककारी समूहले भने अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । त्यसै स्थानमा अफगान सरकारी सुरक्षा बलले गरेको कारबाहीमा केही दिनअघि पनि दर्जनौँ आतंककारी मारिएका बताइएको थियो ।

पछिल्लो समयमा अफगानिस्तानमा तालिबान र आईएस लडाकूहरुले हिंसात्मक क्रियाकलाप जारी राखेका छन् । सोही कारण अफगान सेना र प्रहरीले पनि तालिबान र आईएसका विरुद्धमा आक्रामक कारबाही जारी राखेको बताइएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC