site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भर्चुअल भेलामा नेता नेपालले भने– यो बैठक होइन, छलफलमात्रै हो
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा एमालेका असन्तुष्ट समूहहरूले भर्चुअल भेला गरिरहेका छन् । जुम मिटिङमार्फत् आयोजना गरिएको भर्चुअल भेलामा करिब ९० जना केन्द्रीय सदस्यहरू रहेको बताइएको छ । बढ्नेघट्ने क्रम जारी रहेको एक केन्द्रीय सदस्यले बताए ।

भर्चुभल कुराकानी आरम्भ गर्दै नेता माधवकुमार नेपालले बैठक नभएर ‘केन्द्रीय सदस्यहरूको छलफल’ भएको प्रष्ट्याएका थिए । “बाहिर बैठक बोलाइयो भनेर प्रचार गरिएको छ । यो केन्द्रीय सदस्यहरूले आयोजना गरेको छलफल हो,” नेता नेपालको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक सदस्यले भने, “केपी ओलीसँग वार्ता भयो । कार्यदल गठन भयो । अनौपचारिक माध्यमबाट अहिले पनि कुराकानी भइरहेको छ । यी सबै कुरा तपाईंहरूलाई राख्न पाइएको थिएन । तपाईंहरूका सुझाव आओस्, हामी कुनरूपमा अघि बढ्दा राम्रो हुन्छ त्यो पनि आओस् ।”

Agni Group

कोरोना संक्रमणपछि सार्वजनिक कार्यक्रममा त्यति ननिस्किएका, सरिक नभएका नेता झलनाथ खनालले भावुक सम्बोधन गरेको एक सहभागी बताउँछन् । “पार्टी जतिसुकै ठूलो भए पनि गलत बाटोमा गएपछि त्यसले कुनै उपलब्धी आर्जन गर्न सक्दैन । केपी ओलीको नेतृत्वमा पार्टी आन्दोलन दक्षिणपन्थी भासमा गइसक्यो । यसले कम्युनिस्ट चरित्र होइन लोकतान्त्रिक चरित्र पनि आत्मसात गरेको छैन । अहिले मलगायत केहीलाई कारबाही गर्यौं भनेर जसरी प्रचार गरिँदैछ, त्यो हास्यास्पद कुरा हो, कम्युनिस्ट आन्दोलनबाट म निकालिएँ भन्ने लाग्दै लाग्दैन । हामीले बनाएको पार्टीबाट हामीलाई नै निकाल्ने हैसियत कसैले राख्दा पनि राख्दैन,” खनालको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

खनालले नयाँ आन्दोलन विकास गर्न असम्भव नरहेको बताएको ती केन्द्रीय सदस्यको भनाइ छ । “तपाईंहरू निराश नहुनुस् । यदाकदा आन्दोलनमा संकट पैदा हुन्छ । पार्टी मिलाउन लागिरहनुभएकाहरू पनि लाग्नुस् । मिल्यो भने राम्रै हुन्छ । तर, ओली सुध्रिँदैनन् । उनको चरित्रले त्यसलाई खण्डित गर्छ,” खनालको आशय रहेको एक नेता बताउँछन् ।

Global Ime bank

बैठकमा खनाल नेपालपछि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको छ । त्यसपछि स्थायी कमिटी सदस्यहरूले बोल्ने बताइएको छ । छलफलमा गोकर्ण विष्ट, योगेश भट्टराईलगायत नेताहरू पनि सहभागी छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १४:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC