राजनीति
काठमाडौं । नेकपा (एमाले) खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । कोरोना महामारीका कारण बैठक अहिले भर्चुअल रुपमा बसिरहेको एक नेताले जानकारी दिए ।
एमालेको मूल नेतृत्वले भने खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक कानुन र विधानविपरीत भन्दै सहभागी नहुन निर्देशन दिएको थियो ।
आजै बालुवाटारमा एमालेको स्थायी कमिटी बैठक बोलाइएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजेका लागि बैठक डाकेका हुन् । उक्त बैठक हिजो बस्ने तय भए पनि सारिएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८ ११:२४
प्रतिक्रिया दिनुहोस्