site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘कसले, किन झुटो प्रचार गराउँदै छन् ?’
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का नेता गोकर्ण विष्टले पार्टी एकता जोगाउन भइरहेको प्रयासलाई कमजोर पार्ने खेल भइरहेको बताएका छन् । उनले आफ्नो नामसमेत जोडेर केही सञ्चारमाध्यममा भ्रमपूर्ण समाचार प्रकाशित भएको भन्दै आपत्ति जनाएका हुन् ।

“नेकपा (एमाले)को एकता जोगाउन भइरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले मेरो नामसमेत जोडेर केही सञ्चारमाध्यमहरूमा भ्रमपूर्ण समाचार प्रकाशित गरिएका छन्,” उनले भनेका छन्, “एकताका लागि गरिएका इमानदारपूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि यस्ता झुटा प्रचार गराउँदै छन् ? समयले नै बताउला ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले सबै तहका कमिटीहरूलाई ०७५ जेठ २ गतेको पूर्ववत् अवस्थामा फर्काएर सबल र एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्न आफूहरु लागिपरेको समेत उल्लेख गरेका छन् ।

“पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत् अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशासहितको सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो,” उनले भनेका छन्, “हामी यसमा निरन्तर प्रयत्नशील छौँ । अन्तिमसम्म लागिरहनेछौँ । पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो । हाम्रो अडान हो ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १०:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC