site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
आज एमालेका छुट्टा–छुट्टै बैठक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)को एकताको प्रयास भइरहेको नेताहरुले बताइरहेका छन् । मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले पार्टी एकताको प्रयास अन्तिम समयसम्म गर्ने निर्णय गरेको थियो ।

तथापि, आज एमालेका छुट्टा–छुट्टै बैठक बस्दै छ । एमालेका वरिष्ठ नेता झलनाथ खनाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको छ । भर्चुअल रुपमा हुने बैठक बिहान ११ बजेका लागि तय गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, बालुवाटारमा एमालेको स्थायी कमिटी बैठक बोलाइएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजेका लागि बैठक डाकेका हुन् । उक्त बैठक हिजो बस्ने तय भए पनि एकताको प्रयासका लागि नेताहरुबीच छलफल गर्नका लागि बैठक सारिएको ओलीपक्षीय नेताहरु बताउँछन् ।

ओली पक्ष खनाल–नेपाल समूहलाई कमजोर बनाउन लागेको छ । उक्त समूहका दोस्रो तहका नेताहरुलाई तान्ने प्रयास भइरहेको बताइन्छ । हिजो मात्रै उपप्रधानमन्त्री समेत रहेका एमाले महासचिव ईश्वर पोखरेलले खनाल–नेपाल समूहका नेता योगेश भट्टराईसँग छलफल गरेका थिए । उनीहरुबीच पार्टी एकताका विषयमा छलफल भएको बताइएको छ ।

Global Ime bank

उता, खनाल–नेपालसहितका नेतालाई कारबाही गरेपछि छुट्टै पार्टी गठनको विषय पनि उक्त समूहमा चल्न थालेको छ । एमालेले खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक कानुन र विधानविपरीत भन्दै सहभागी नहुन निर्देशन पनि दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC