site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अभ्यासमा फुटिसक्यो जसपा, दाबी आ–आफ्नै
Sarbottam CementSarbottam Cement

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल व्यवहारिक रूपमा विभाजित बनिसकेको छ । वैधानिक र राजनीतिक अभ्यासबाट भने पार्टीभित्रका दुवै पक्षले फुटको गृहकार्य गरिरहेको छ ।

योबीचमा पार्टी अध्यक्ष महन्थ ठाकुर पक्षले उपेन्द्र यादवलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेर त्यसको जानकारी निर्वाचन आयोगलाई गराए । अर्का अध्यक्ष यादव पक्षले भने त्यसअघि नै ठाकुरसहित उनी पक्षीय चार नेतालाई कारबाही गरेर त्यसको सूचना निर्वाचन आयोगलाई दिइसकेका थिए । जवाफमा निर्वाचन आयोग दुवै पक्षले कानुनी प्रक्रिया पूरा नगरेको भन्दै विधि पुर्‍याए आयोगमा आउन भनिसकेको छ ।

यस्तो बेला दुवै पक्षले एकअर्कालाई आरोप प्रत्यारोप गरिरहेका छन् । ठाकुर पक्षले यादवले पार्टीका बैठक नगरी बैठक भएको भने प्रचार गरेको, सांसदहरूलाई कारबाही गरेको तथा संसद्मा पार्टीको निर्णयविपरीत बोलको आरोप लागाएको छ । ठाकुर पक्षका नेता डा. सुरेन्द्र झा यादवको स्वेच्छाचारिताले हद नाघेपछि उनलाई कारबाही गरिएको गरिएको बताउँछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

‘‘पार्टीमा छलफल नै नगरी सरिता गिरीजीलाई संघीय संसद्बाट कारबाही गर्नुभयो । लुम्बिनी प्रदेशका ४ सांसदलाई कारबाही गर्नुभयो । सभामुखसँग सेटिङ गरेर, २७ वैशाखमा संसद्मा बोल्नुभयो । त्यतिमात्र होइन प्रथम अध्यक्षलाई नै स्पष्टीकरण सोधिदिनुभयो,’’ झाले भने, ‘‘यहाँसम्म उहाँको स्वेच्छाचारिता बढेको छ । त्यसैले समस्या उहाँमा छ, सुध्रिन उहाँले नै जरुरी छ । वैकल्पिक शक्ति निर्माणको विपक्षमा उहाँ हुनुहुन्छ । नसुध्रीय उहाँलाई मात्र अलग गरेर अघि बढिन्छ ।’’

उता यादव पक्षले पनि ठाकुर पक्षमाथि उस्तै प्रकृतिका आरोप लगाएको छ । ‘‘पार्टी निर्णयविपरीत केपी ओलीलाई सहयोग पुग्नेगरी तटस्थ बसेर प्रतिगमनलाई सहयोग गर्नुभएको छ । पार्टी निर्णयविनै कार्यदल बनाएर सरकारसँग वार्ता गर्न पठाउनुभएको र सहमति गर्नुभएको छ । पतिगामी केपी सरकारमा सहभागी हुन लाग्नुभएको छ,’’ यादव पक्षीय इस्तियाक राईले भने, ‘‘आफ्नो नेतृत्व वा राष्ट्रिय सहमति हुँदा मात्र सरकारमा जान्छौँ । नत्र प्रतिपक्षमै बस्छौँ भनेर ८ बुँदे सहमति गर्नुभएको छ । विज्ञप्ति जारी गर्नुभएको छ । तर, उहाँ १२ बजे राति चिया खाने बाहनामा समर्थन दिएर आउने, आफैँ प्रधानमन्त्री बन्ने परिस्थितिमा पनि नबन्ने अनि केपी ओलीइतरको राष्ट्रिय सहमतिको सरकार बन्न लाग्दा उहाँले सहयोग गर्नुभएको छ ।’’ 

Global Ime bank

उनले त्यहीबाट ठाकुरको नियत स्पष्ट भएको बताए । उनले जसपामा दुई अध्यक्षमा प्रथम र दोस्रो भन्ने नभएको पनि दाबी गरे ।

“विधानमा दुईवटा अध्यक्ष छ । को पहिलो को दोस्रो भन्ने नै छैन । विधानमा टिपेक्स लगाउन त सकिँदैन नि ! केपी ओलीलाई त रोकेर अदालतबाट फैसला भएको थियो, यहाँ त यस्तो नामको विवाद गरिदिने पनि कोही छैन ।’’ 

ठाकुर पक्षका नेता झा भने उपेन्द्र यादवले पनि आफूलाई पहिलो अध्यक्ष भन्न नसक्ने बताए । उनले इश्तियाकले आक्रोशमा बोलिरहेकोसमेत आरोप लगाए । 

‘‘इश्तियाक राईजी मेरो मित्र हो । उहाँ मधेसको आशालाग्दो नेता पनि हो । उहाँ उपेन्द्रजीसँग पाटी फुटाएरै भएपनि केपी ओलीसँग मिलेर सरकारमा जान खोज्नुभएको थियो । त्यसलाई हामीले तात्कालीन परिस्थितिमा सफल हुन दिएनौँ । त्यसैले उहाँ आक्रोशमा हुनुहुन्छ । आज उहाँसँगकै साथीहरू मन्त्री बन्दै हुनुहुन्छ त्यसले उहाँलाई थप आक्रोशित बनाएको छ,’’ झाले भने, ‘‘तर, जसपा कसको नेतृत्वमा अघि बढिरहेको छ भन्ने कुरा विधान, बैठकका माइन्युट हेरे थाहा भइहाल्छ । कसको नाम एक नम्बरमा छ र को हो प्रथम अध्यक्ष हो भनेर ।‘‘ 

दुवै पक्षले पार्टीमा आ–आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिरहेका छन् । ठाकुर पक्षले संसदीय दल हुँदा संसदीय दलदेखि केन्द्रीय कार्यकारिणीसम्म आफू बहुमतमा भएको दाबी गरिरहेको छ भने यादव पक्षले आफूले बहुमतसहित बैठक समेत गरिसकेको दाबी गरेको छ । 

‘‘एकजना जेलमा छन्, छजना हामीतिर आएका छन् । महेन्द्र यादव, मृगेन्द्रसिंह यादव, गणेश यादव, गजाधर रोहित यादव, नवलकिशोर साह र रामनरेश राय प्रदेशमन्त्री हामीसँग हुनुहुन्छ,,’’ राइले भने, ‘‘उहाँहरूसँग १७ जना छन् । तीनजना कतै खुलेका छैनन् ।”

देशको राष्ट्रिय राजनीतिमा ‘उथलपुथल’ भइरहेका बेला मधेस केन्द्रित शक्तिशाली पार्टी पनि दुई टुक्रा हुन लागेको हो ।

०७४ सालको निर्वाचनबाट आएका शक्तिमध्ये पहिलो दल एमाले र तेस्रो दल माओवादी केन्द्र एउटै घोषणापत्रमा चुनावमा गएका थिए भने चौथो दल राष्ट्रिय जनता पार्टी र पाँचौ दल समाजवादी पार्टी पनि संयुक्त घोषणपत्र बनाएर चुनावमा गएका थिए । 

दुवै दल निर्वाचनपछि एक भए भने प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन पछि माओवादी र एमाले मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) पुनः विभाजनको गृहकार्यमा छ भने एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भइसकेको छ । एमालेभित्र पनि विभाजनको श्रृंखलाले निरन्तरता पाउने लगभग निश्चित जस्तै छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  ०९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC