site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चुरे मासेर व्यापार घाटा कम गर्ने जनघाती निर्णय सच्याऊ : माधव नेपाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले सरकारको बजेट वक्तव्यमा खानीजन्य ढुंगा, गिट्टी र बालुवा निकासी गरी व्यापार घाटा कम गर्ने योजना समेटिएकोमा आपत्ति जनाएका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै उक्त निर्णय खुल्लमखुल्ला तराई मधेश क्षेत्रलाई मरुभूमि बनाउने घोषणा भएको दाबी गरेका छन् । 

“चुरे क्षेत्रको संरक्षण नगरी तराईको उर्वर भूमि, सिमसार र सिंगो मानव सभ्यता नै संकटमा पर्ने तथ्यलाई बुझेर नै मैले आर्थिक वर्ष २०६६।०६७ सालमा ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’को आरम्भ गरेको हुँ र त्यसपछि राष्ट्रिय गौरवको आयोजनाका रूपमा कार्यान्वयन हुँदै आएको छ । तसर्थ, चुरे दोहन गरेर मुलुकको आधा जनसंख्यालाई भोकमरी, भूक्षय र डुबानमा पार्ने योजना जनघाती छ । यस्तो देश हितविपरीतको र जनघाती निर्णय तत्काल सच्याउन माग गर्दछु,”वक्तव्यमा भनिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

चुरे मासेर ढुंगा, गिट्टी र बालुवा निर्यात गरेर व्यापार घाटा कम गर्ने योजना गम्भीर रहेको उनको भनाइ छ ।

सरकारले अध्यादेशमार्फत ल्याएकाे बजेटमा वक्तव्यमा “वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिने’ र ‘खानीजन्य निर्माण सामग्री परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोपवे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने’ उल्लेख छ । साेही निर्णयकाे अहिले चाैतर्फी विराेध भइरहेकाे छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  २०:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC