site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश–१ मा पूर्वबजेट छलफल गर्न अध्यादेशमार्फत ऐन संशोधन
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश नम्बर–१ सरकारले बजेटमाथिको पूर्वछलफल गर्ने अवधि घटाउन आर्थिक कार्यविधि ऐन, २०७४ संशोधन गर्ने निर्णय गरेको छ । यसलाई संशोधन गर्न बनेको अध्यादेश प्रदेश प्रमुखसमक्ष पेस गरिएको छ ।

प्रदेश–१ को बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष अध्यादेश पेस गर्ने निर्णय गरेको र ऐन संशोधन गरी १५ दिनअगावै पूर्वबजेट छलफल गराउनुपर्नेमा अब अध्यादेशमार्फत त्यो अवधि घटाएर पाँच दिन बनाइने सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, “रेगुलर बैठकलाई लामो गर्न नसक्ने भएकोले पाँच दिनअगावै छलफल सक्ने गरी अध्यादेशमार्फत गर्ने निर्णय भएको छ ।” विपक्षी दलसँग भएको छफलमा मुख्यमन्त्री शेरधन राईले बजेट अधिवेशन डाक्ने र बजेट पेस हुने बताएका थिए ।

सरकारले प्रदेश–१ को कोरोना जनसुरक्षा कोषमा १० करोड रुपैयाँ रकम थप गर्ने निर्णय पनि गरेको छ । प्रदेश सरकारको कोषबाट सो रकम थप हुने मन्त्री कार्कीले बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC