site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने बजेट राष्ट्रघाती : जसपा
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले बजेटमा समावेश ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा घटाउने घोषणा राष्ट्रघाती रहेको जनाएको छ । अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै मधेसलाई मरुभूमिकरण नगर्न आग्रह गरेका हुन् ।

“व्यापार घाटा कम गर्ने नाममा ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने बजेटको घोषणा राष्ट्रघाती रहेको छ । यसले चुरे विनाश गर्ने, तराई/मधेसलाई मरुभूमिकरण गर्ने निश्चित नै छ । भविष्यमा मधेसका भूमिको उर्वरता समाप्त भई जनताको जीवन नै संकटमा पर्ने भएको हुँदा भरपर्दो वैज्ञानिक, पर्यावरणीय तथा वातावरणीय अध्ययन नगरी ल्याइएको ढुंगा, गिट्टी, बालुवा आदि उत्खनन् गरी निर्यात गर्ने कार्य बन्द गरिनुपर्छ । अन्यथा वन विनाश, वातावरणीय सन्तुलन, जैविक विविधताको संरक्षण, चुरे संरक्षण र तराई/मधेसलाई मरुभूमिकरण हुने कार्यबाट जोगाउन र त्यहाँका जनताले आफ्नो जीवनरक्षाका लागि संघर्ष गर्न बाध्य हुनुपर्नेछ,” विज्ञप्तिमा भनिएको छ ।

सरकारको यस नीति, कार्यक्रम र योजना वातावरणीय हिसाबले घातक रहेको जसपाको ठहर छ । ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने बजेटको घोषणले तराई÷मधेसमा ठूलो प्राकृतिक संकट आउने विज्ञप्तिमा जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC