site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘प्रचण्डलगायत नेता नसुध्रिए माओवादी केन्द्र रहँदैन’ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता खगराज भट्टले केही दिनअघि सुदूरपश्चिम सरकार पुनगर्ठनको विषयमा सामाजिक सञ्जालमा असन्तुष्टि पोखे । उनले केन्द्रका नेताहरूजस्तै आफूहरूलाई प्रदेशबाट पनि हेपिएको दुःखमनाउ गरे । फेसबुक स्ट्याटसमा केन्द्रका नेताहरुप्रति पनि उनको चरम असन्तुष्टि झल्कन्छ ।

त्यसो त उनले तत्कालीन नेकपाको कार्यविभाजनप्रति पनि असन्तुष्टि जनाएका थिए । सुरुमा उनलाई डडेलधुराको इन्चार्ज बनाइएको थियो । असन्तुष्टि जनाएपछि सुदूरपश्चिम प्रदेश इन्चार्जमा बढुवा गरिएको थियो ।

प्रदेश सरकार सोचअनुरूप अगाडि बढ्न नसकेको भन्दै उनले मुख्यमन्त्रीलगायत ‘सेट’ नै परिवर्तन गर्नुपर्ने सुझाव दिँदै आएका थिए । तत्कालीन माओवादी केन्द्रमा उनी लेखराज भट्टपछिको वरीयताका नेता थिए । भट्ट एमालेमै रहेपछि वरीयतामा उनी नै अग्रस्थानमा छन् । तैपनि, नेतृत्वले आफ्नो कुरा नसुनेको भन्दै उनले तितो पोखेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बाह्रखरीसँगको कुराकानीमा उनले मन्त्री बनेका नेताहरुको विषयमा भन्दा पनि विधि र प्रक्रियाका विषयमा आफूले प्रश्न उठाएको प्रतिक्रिया दिए । “सुदूरपश्चिमको सरकार पुनर्गठन गर्ने कुरामा हाम्रा केही असन्तुष्टि रहे । मन्त्री कसलाई बनाउने, कसलाई हटाउनेभन्दा पनि विधि–प्रक्रियाका सन्दर्भमा सुदूरपश्चिम पार्टीका संवेदनशीलतालाई सामूहिक रुपमा बोध गर्ने कुरामा केही अभाव भएको महसुस भएको छ । हामी बहस गरिरहेका छौँ । यसलाई समाधान गर्न लागिरहेका छौँ,” उनले भने ।

उनले अहिलेको मन्त्रिपरिषद्मा आएका व्यक्तिसँग आपत्ति नभएको र पार्टीपंक्तिभन्दा पनि केन्द्रबाट नै भूमिका खेलिएको बताए । सुदूरपश्चिम कमिटीमा मन माझामाझ गर्ने वातावरण नबनाइएको उनको टिप्पणी छ ।

Global Ime bank

भट्टले सुदूरपश्चिममा मात्रै नभएर पार्टीका धेरै ठाउँमा सुधार गर्नुपर्ने आवश्यकता औंँल्याए । पार्टी क्षयीकरणको दिशामा गएको उनको स्वीकारोक्ति छ ।

“हाम्रो पार्टी धेरै ठाउँमा गुणात्मक रुपमा सुधार गर्नुपर्ने ठाउँमा छ । विधि, विचार, नीति, संस्कृतिमा, जनसम्बन्धलगायत सबै क्षेत्रमा गुणात्मक रुपले भिन्नता ल्याउन जरुरी छ । पार्टीका हरेक क्षेत्रमा गम्भीर समस्या छन् । पार्टी क्षयीकरणको दिशामा गएको कुरा लुकाएर लुक्ने कुरा होइन,” भट्टले भने ।

उनले पार्टीलाई जनताको केन्द्र बनाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखिका नेताहरु नै सुध्रनुपर्ने बताए । पाटीलाई जीवन्त राख्ने पहल अध्यक्षदेखि नै सुुरु गर्नुपने उनको भनाइ छ ।

“पार्टीलाई नेपाली जनताको स्वीकार्यता र आस्थाको केन्द्रमा बदल्ने हो भने  इतिहासमा भएका कमी–कमजोरीबाट यसलाई गुणात्मक ढंगले रुपान्तरणको दिशामा डोहोर्‍याउनुपर्छ । यसमा प्रचण्डदेखि त्यो लेभलकाले भूमिका खेल्नुपर्छ । राजनीति र कानुनी संघर्ष चलिरहेको छ । स्थायी कमिटीबाट पार्टी सञ्चालनका विषयमा एउटा सर्कुलर पनि आएको छ । सर्कुलरले जुन स्प्रिटमा हामीलाई प्रश्न सोधेको छ, त्यसको जवाफ दिन सक्ने पार्टी बनाउन सक्यौँ भने पार्टी  अघि बढ्छ । त्यसो हुन सकिएन भने पार्टी रहँदैन भन्ने कुरा पुष्टि हुँदै जान्छ । आगामी दिनमा कसरी अघि बढ्छ, पार्टीको जीवन र भविष्य निर्धारण हुन्छ,” भट्टको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विधि नमान्दा आजको परिस्थिति सिर्जना भएको र संघीयताको पक्षधर पार्टीले तल्ला कमिटीको आवाज सुन्नुपर्ने उनको माग छ ।

“अहिले हामी विधिको लडाइँमा छौँ । विधि स्थापित गर्ने बेला पनि हो यो । केपी ओलीले विधिको पालना नगरेर यस्तो अवस्था छ । संघीयताको पक्षधर भनिएको पार्टीले तल्ला कमिटीका विचार, धारणा, मनोविज्ञान, तलका आवश्यकतालाई गहिरोसँग बुझेर अधिकतम सम्बोधन गर्नुपर्छ,” भट्ट आफ्नो तर्कमा उभिन्छन् ।

माओवादी आन्दोलनको औचित्य छ भन्ने प्रमाणित गर्न सहरकेन्द्रित राजनीतिबाट गाउँ फर्किनुपर्ने उनको भनाइ छ । कार्यकर्ताको सुझाव ग्रहण गरेर लागु गर्नुपर्ने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC