site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नेपालमा केही वर्ष यता जे जे नहुनुपर्ने हो त्यही त्यही भइरहेको छ । ‘असंवैधानिक’ रूपमा छ महिनामा दोस्रोपटक  गरिएको प्रतिनिधि सभा   विघटनविरुद्ध  परेको रिटको सुनुवाई संवैधानिक इजलास गठनमा विवाद भएपछि साता दिनका लागि स्थगित गरिएको छ ।

संवैधानिक इजलासमा प्रधान न्यायाधीशको तजबिजमा राखिएका दुई जना न्यायाधीशका सम्बन्धमा रिट निवेदकका कानुन व्यवसायीले प्रश्न उठाएपछि विवाद उत्पन्न भएको थियो । त्यही विषयमा निर्णय दिने क्रममा इजलासमा रहेका न्यायाधीशबीच मतभिन्नता भएपछि इजलासै भ‌ङ्ग हुने अवस्थामा पुग्यो ।

विवादमा परेका न्यायाधीशले इजलास नछाडेपछि बाँकी दुई जना न्यायाधीशले हिजो मंगलवार उक्त इजलासमा नबस्ने घोषणा गरे । स्वार्थ बाझिएको देखिएमा न्यायाधीशले त्यस्ता मुद्दा नहेर्ने प्रचलन छ । यस्तै पक्षले असहमति जनाए पनि सामान्यतः सम्बन्धित न्यायाधीशले त्यस्तो मुद्दा हेर्दैनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को मुद्दा हेरेका एकजना र अगिल्लोपटक पनि स‌वैधानिक इजलासमा रहेका अर्का न्यायाधीश स‌वैधानिक इजलासमा रहँदा स्वार्थको विवाद हुने भन्दै प्रश्न उठाइएको थियो । स्वार्थको विवादसम्बन्धी यस्तै प्रश्न उठाइएपछि प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिट सुनुवाइ गर्न गठित इजलासबाट एक जना न्यायाधीश स्वेच्छाले नै बाहिरिएका थिए ।   

अगिल्लोपटक विवाद निस्किसकेपछि प्रधान न्यायाधीशले यसपटक इजलास गठन गर्दा पारदर्शी प्रक्रिया र आधार अपनाउने अपेक्षा धेरैले गरेका थिए । तर, प्रधान न्यायाधीशले फेरि अपारदर्शी तजबिजी आधारमा संवैधानिक इजलासमा न्यायाधीश तोके ।

Global Ime bank

प्रधान न्यायाधीशको यही तजबिज मोहका कारण उनीसमेत सम्मिलित इजलासका सम्बन्धमा  विवाद खडा भयो । आफ्नो न्यायिक मन र साखमै प्रश्न उठेपछि न्यायाधीशहरू स्वेच्छापूर्वक इजलासबाटबाहिरिएका भए अति उत्तम हुनेथियो । उनीहरूको साख जोगिने थियो भने सहकर्मी न्यायाधीशहरूले अप्रिय निर्णय लिनुपर्ने थिएन ।

दुर्भाग्य, न्यायाधीशहरूले त नैतिकताको मागलाई नै प्रतिष्ठाको प्रश्न बनाएको देखिएयो ।  त्यसो त सर्वोच्च अदालत बार एसोसियसनका पदाधिकारीलाई दिएको वचन र सहकर्मी अरू न्यायाधीशको सल्लाहप्रति  प्रधान न्यायाधीश गम्भीर भइदिएका भए पनि संवैधानिक इजलास पक्कै यसरी स्थगित गर्नुपर्ने थिएन ।

जेहोस्, प्रधान न्यायाधीशले वारका पदाधिकारीलाई नियममै संशोधन गरेर वरीयताका आधारमा संवैधानिक इजलास गठन गर्ने व्यवस्थासमेत संस्थागत गरिने वचन दिएको समाचार सार्वजनिक भएको छ । यही व्यवस्था मिलाउन सुनुवाइ एक साता स्थगित गरिएको हो भने यसलाई सकारात्मक विकास नै मान्नुपर्छ ।

पक्कै पनि संविधान वा कुनै कानुनले दिएको तजबिजी अधिकार मनमा लागेको गर्ने लिस्नो होइन । तजबिजी अधिकार प्रयोग गर्नेले निश्चित र न्यायपूर्ण आधार अपनाउनुपर्छ ।  प्रधान न्यायाधीशले अर्को इजलासको गठन विवादरहित, पारदर्शी र न्यायपूर्ण आधार लिने अपेक्षा गरिएको छ । 

कम विवाद हुने यस्तो आधार निश्चय पनि वरीयता नै हो । यसैले वरियताका आधारमा संवैधानिक इजलास गठन गरिएमा सामान्य इजलासका लागि पनि मार्गदर्शन हुनेछ र यसको मूल जस प्रधान न्यायाधीशले नै पाउनेछन् । त्यस अवस्थामा प्रधान न्यायाधीशका साथै न्यायालयको साख पनि उकासिनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC