site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
संवादहीनता अन्त्य गर्दै विपक्षीसँग मुख्यमन्त्री राईले गरे छलफल
शेरधन राई । फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

विराटनगर । प्रदेश नम्बर–१ सभाको हिउँदे अधिवेशन सुरु भएयता सुरु भएको सरकार र प्रमुख विपक्षी दलबीचको संवादहीनता अन्त्य भएको छ ।

सरकारविरुद्ध परेको अविश्वास प्रस्ताव छल्न सरकारपक्षीय सांसदले संसद् अवरोध गर्नेदेखि विपक्षीको प्रस्तावलाई सभामुखबाट बैठकमा पेस गर्न भएको आलटालबीच विवाद सुरु भएको थियो ।

Agni Group

मुख्यमन्त्री शेरधन राईले सरकारको नीति तथा कार्यक्रम सदनमार्फत ल्याउन र पूर्वबजेट छलफल चलाउनसमेत वास्ता नगरेको, कोरोनाविरुद्धको खोप पहुँचवालालाई मात्र वितरण गरेको र संक्रमितको उपचार तथा व्यवस्थापन गर्न सरकार चुकेको भन्दै विपक्षीले चर्को विरोध गरिरहेका थिए । तर, सरकार र विपक्षी दलको संवादहीनतालाई तोड्दै मुख्यमन्त्री राईले छलफल गरेका छन् ।

अध्यादेशबाट बजेट ल्याउने आशंका गर्दै विपक्षी दलले प्रदेश प्रमुखलाई भेटेर ध्यानाकर्षण गराएलगत्तै मुख्यमन्त्री राईले विपक्षी दलसँग आफ्नै कार्यालयमा सर्वदलीय छलफल गरेका हुन् । राईको सचिवालयले दिएको जानकारीअनुसार वर्तमान परिस्थितिमा उठेका विषयलाई सम्बोधन गर्ने उद्देश्यले छलफल आयोजना गरिएको हो ।

Global Ime bank

मुख्यमन्त्री राईले यही जेठ २५/२६ गतेतिर सुरु हुने गरी प्रदेशसभाको बजेट अधिवेशन बोलाउने भन्दै विपक्षी दलसमक्ष प्रतिबद्धता जनाएका छन् । पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी सरकारले तयारी गरेको उनले बताएका छन् । मुख्यमन्त्री राईले अधिवेशनबाट नै बजेट ल्याउने वचन दिएको नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्र आङ्बोले बताए ।

प्रदेशले असार १ गते बजेट ल्याउने प्रावधान छ । सदनमा बजेट पेस हुनुभन्दा १५ दिनअगाडि नै पूर्वबजेट छलफल सकिसक्नुपर्ने कानुनी व्यवस्था छ । तर, कोरोना महामारीका कारण त्यसो गर्न सम्भव नभएको प्रदेश सरकारले स्पष्टीकरण दिँदै आएको छ ।

कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बजेटको छलफल गराइनुपर्ने भन्दै आफूहरुले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको बताए । उनले भने, “संसद् अधिवेशन बोलाएरै बजेट ल्याउने भन्ने सरकारको कुरा आएको छ । हेरौँ, के हुन्छ ?”

विधि–विधान नमिच्न र प्रक्रियामा गएर बजेट अधिवेशन बोलाउन सुझाव दिएको कोइरालाले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC