site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रपतिले खोपका लागि गरेको पहलबारे झाँक्रीको प्रश्न : समानान्तर सत्ताको अभ्यास त होइन ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको खोपका लागि विदेशी समकक्षीलाई गरेको पत्राचारप्रति आपत्ति जनाएकी छिन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत खोपका लागि पत्राचार गर्ने काम कार्यकारी प्रधानमन्त्रीको भएको बताएकी छन् ।

झाँक्रीले 'यो व्यवहार कतै समानान्तर सत्ताको अभ्यास त होइन ?' भन्दै प्रश्न पनि गरेकी छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“हाम्रो देशको राष्ट्रपति संस्था संविधानको संरक्षक र कानूनको परिपालक हो । उसका सम्पूर्ण क्रियाकलापलाई संविधानले सिमित गरेको छ । त्यसकारण लोकरिझाइँको लागि मित्र राष्ट्रका राष्ट्रप्रमुखलाई पत्राचार गर्ने होइन, त्यो काम त कार्यकारीको हो । यो व्यवहार कतै समानान्तर सत्ताको अभ्यास त होइन ? कि धुमिल भएको छवि बचाउने प्रपन्च हो ? प्रतिगमन पटक-पटक भोगेकै छौ नि होइन?,” उनले भनेकी छन् । 

पछिल्ला दिनमा राष्ट्रपतिले विदेशी सककक्षीलाई खोपका लागि फोन संवाद र पत्र पठाइरहेकी छन् । सो विषयमा केही नेताहरुले संविधान विपरीत भन्दै आलोचना पनि गरिरहेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  २०:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC