site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उज्वल थापाको सम्मानमा विवेकशील साझाले वृक्षारोपण गर्ने
तस्बिर : विवेशील साझा
Sarbottam CementSarbottam Cement

काठमाडौं । विवेकशील साझा पार्टीको केन्द्रीय कमिटीले पार्टीका पूर्व संयोजक उज्वल थापाको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । मंगलबार अपराह्न बसेको पार्टी केन्द्रीय कमिटीको आकस्मिक बैठकले थापाको स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्य तिथिमा पार्टीका प्रत्येक सदस्य र शुभचिन्तकहरूलाई कम्तीमा एउटा वृक्षारोपण गर्न पनि आह्वान गरेको छ । 

साथै, पार्टीलले यही बिचमा पार्टीमा ‘उज्वल थापाको जीवन र विचार’ विषयमा छलफल र बहस पनि चलाउने भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको छ । खास गरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकार लगायतका मुद्दामा दलहरूले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमको लागि राज्यलाई दबाब दिने विधि स्थापित गर्न उहाँको अहम् भूमिका छ,” पार्टीले जारी गरको विज्ञप्तिमा भनिएको छ ।

थापाले अङ्गालेको सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई विवेकशील साझा पार्टी अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडी बढ्ने पनि विज्ञप्तिमा भनिएको छ ।

Global Ime bank

उनको मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हाे । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC