site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बेलायतमा कोरोनाको तेस्रो लहर आउन सक्ने आँकलन
प्रतीकात्मक तस्बिर ।
Ghorahi CementGhorahi Cement

लन्डन । बेलायत सरकारको सल्लाहकारसमेत रहेका एकजना वैज्ञानिकले बेलायत कोभिड–१९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन् ।

उनले यससँग सम्बन्धित बेलायतमा पछिल्लो समयमा तीन हजार ३८३ जना यस्ता नयाँ संक्रमित भेटिएको भन्दै यस्तो अवस्था रहेको बताएका हुन् । तेस्रो लहर ल्याउन सक्ने प्रकारका बृटिस प्रजातिका नयाँ संक्रमितहरु थपिने क्रम जारी नै रहेकोले त्यस्तो अवस्था आएको क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताएका हुन् ।

Agni Group

उनले बेलायतको वर्तमान अवस्थाका बारेमा भनेका छन्, “हुन त हाल बेलायतमा देखा परिरहेका संक्रमितहरुको संख्या थोरै छ । तर पनि ती संक्रमितहरुलाई भारतमा भेटिएका भारतीय प्रजातिका संक्रमितहरुका कारणले बल पुग्न पनि सक्छ ।”

यसैकारण बेलायतमा कोभिडको तेस्रो लहरको सुरुवात हुन सक्ने अवस्था रहेको उनले बताएका छन् । उनले बीबीसीसँगको कुराकानीमा सोमबार भनेका थिए, “हुन त अहिले बेलायतमा देखिएका संक्रमितको संख्या अहिलेको लागि थोरैजस्तो लाग्छ । तर, पछि गएपछि यी संख्या पनि धेरै नै हुँदै जानेछन् । सुरुमा देखिँदा जुनसुकै भेरियन्ट पनि सानो संख्यामा नै देखा परेका थिए र अब तिनै सानोबाट नै धेरैमा फैलिन सक्ने अवस्था हिजोको जस्तो हुन पनि सक्छ ।”

Global Ime bank

बेलायतमा दुई महिनाअघि भेटिएको भनिएको कोभिड–१९ को बृटिस भेरिएन्टलाई निकै खतरानाक भनिएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC