राजनीति
काठमाडौं । नेकपा (एमाले)को पार्टी एकताका निम्ति अन्तिम समयसम्म प्रयास जारी राखिने भएको छ । आजको स्थायी कमिटी बैठकमा यस्तो छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
पार्टी एकताको प्रयास र नेता माधवकुमार नेपाल समूहको तादम्यता नमिलेको उनको भनाइ छ । पार्टी एकता जोगाउन लचिलो हुने निर्णय भएको उनले बताए ।
आजकोे बैठकले खनाल–नेपाल समूहका १२ नेतालाई कारबाहीबारे निर्णय नगरेको उनले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८ १४:०५
प्रतिक्रिया दिनुहोस्