site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निर्धारित समयभन्दा दुई घन्टापछि एमाले स्थायी कमिटी बैठक सुरु 
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक निर्धारित समयभन्दा दुईघण्टा पछि भर्खरै सुरु भएको हो ।

बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो । बालुवाटारमा जारी बैठकमा बजेट, लुम्बिनी प्रदेशअन्तर्गत भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको समीक्षालगायत विषयमा छलफल हुने बताइएको छ । 

Agni Group

सरकारले यही जेठ १५ गते अध्यादेशमार्फत बजेट प्रस्तुत गरेको थियो  । त्यस्तै, सोमबार भएको राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका उमेदवार पराजित भएका थिए ।

अघिल्लो स्थायी कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थप १२ नेतालाई स्पष्टीकरण सोधेको थियो । उक्त बैठकले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायत ११ जनालाई कारबाही गर्‍यो ।

Global Ime bank

खनाल–नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षका दोस्रो तहका नेताहरुबीचको सोमबार मध्यरातमा भएको छलफलपछि स्पष्टीकरण सोधेका नेताहरुलाई कारबाहीको विषय केही दिनका लागि रोक्ने तयारी भएको बताइएको छ । एमालेका दोस्रो तहका नेताले याक एन्ड यती होटेलमा छलफल गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC