site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
पच्चीस लाखले स्वदेशमा के के गर्न सकिन्छ ?

अध्यादेशमार्फत प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा युवालाई स्नातक तहको प्रमाणपत्र धितो राखेर २५ लाख रुपियाँ पाँच प्रतिशत ब्याजदरमा ऋण दिने घोषणा भएको छ । हाम्रो देशमा धेरै अवसर छन् तर अझैसम्म युवा वर्गले देखेका छैनन् । कतिपय काम त एकदम कम लगानीबाट सुरु गरेर पनि करोडौँँसम्म पुर्‍याउन सकिन्छ । मेहनत र समय दिनुपर्नेे काममा विचलित नभई दिएमा प्रगति गर्न धेरै समय लाग्दैन । सरकारबाट विनाझन्झट घोषणा गरेबमोजिम युवालाई ऋण दिने हो भने नेपालमा त्यति रकमले धेरै कार्य गर्न सकिन्छ । केही यस्ता काम बुँदागतरूपमा प्रस्तुत गर्ने जमर्को गरेकोछु ।

रु. २५ लाखले कृषिजन्य व्यवसाय गर्न सकिन्छ । नेपालमा प्रायः सबै परिवारसँग केही न केही खेतीयोग्य जमिन हुन्छ ।  उक्त जमिनमा आधुनिक तरिकाले अन्न, तरकारी र नगदेबाली लगाउन, उक्त कार्यको लागि आवश्यक मलबिउ र खनजोत गर्ने ट्य्राक्टरलगायतको उपकरण किन्न यति पैसा पर्याप्त हुन्छ ।

केही गाई, भैसी, बाख्रा वा माछा पालन गर्न पनि यस रकमले नै सकिन्छ ।

Agni Group

परिश्रम गर्ने हो भने २५ लाखबाट १० देखि १५ वटासम्म सिलाइ मेसिन राखेर सानोतिनोे गार्मेन्ट व्यवसाय गर्न सकिन्छ र यसको भविष्य पनि राम्रो छ ।

फेन्सी पसल। जुत्ताचप्पल पसल खोल्न पनि यो रकम पर्याप्त हुन्छ । यस व्यवसायमा २५ लाख लगानी गर्ने हो भने ब्याज, भाडा तिरेर महिनामा १ लाखसमम बचत गर्न सकिन्छ ।

Global Ime bank

साबुन बनाउने, धुप बनाउने, सस्तो चप्पल बनाउने, ब्याग बनाउने कारखाना, कपी छपाइ, सेनिटरी प्याड बनाउनेलगायतका धेरै सानो व्यवसाय गर्न सकिन्छ । तिनमा ४० – ५० जना कामदारले रोजगारी पाउन सक्छन् ।

रु २५ लाखमा इम्ब्रोइडरी गर्ने, प्रिन्ट गर्ने मेसिन राखी हरेक महिना खर्च कटाएर १ देखि २ लाखसम्म आम्दानी गर्न सकिन्छ ।

त्यस्तै एलईडी बल्ब बनाउने, पनिर उद्योग, मसला उद्योग, प्याकिङ, बलपेन मेसिन डलहरू बनाउने, क्याफे, ट्राभल एजेन्सी, वेब पेज, ग्राफिक डिजाइन, तालिम केन्द्र, ट्युसन सेन्टर, होमस्टेलगायतका धेरै प्रकारका व्यवसाय सुरु गर्न सकिन्छ ।

उल्लेखित सबै काम केही प्रतिनिधि कार्यमात्र हुन् । यीबाहेक अझै धेरै कार्य गर्न सकिन्छ र अरूलाई रोजगारी दिई स्वदेशमा नै विभिन्न वस्तु उत्पादन गरी उत्पदित वस्तु तथा सेवा देशमा नै खपत हुन्छ । देशको पैसा देशमा नै रहन्छ ।

यस्ता व्यवसायमा महिनाको ब्याज, भाडालगायतको खर्च कटाएर कम्तीमा पनि १ लाखसम्म बचत गर्न सकिन्छ । यसरी हरेक महिना १ लाख बचत गर्दै जाने हो भने २५ महिनामा सरकारबाट लिएको ऋण चुक्ता गरी २६ महिनादेखि व्यवसाय नाफामा नै सञ्चालन हुन पुग्छ ।

कतिपय युवाले महँगो ब्याजमा ऋण लिएर पनि देशमा नै निक्कै ठूलो प्रगति गरेको प्रशस्तै छन् । मुख्य आवश्यकता इमानदारी र लगनशीलता नै हो । माथि उल्लेखित काम गर्न एक्लैले गर्न सकिने कार्य हो । समूहगतरूपमा साथि हरु वा आफन्त नै मिलेर १० देखी १५ जनाको समूहले केही राम्रो योजना बनाएर काम गर्ने हो भने लगानी रकम जम्मा १५ जनाको ३ करोड २५ लाख हुन्छ ।

यो रकमले नेपालमा ३०० जना लाई रोजगारी दिन सकिन्छ । 

सरकारले दिएको यो अवसरलाई जति सक्दो चाँडो कार्ययोजना बनाएर कार्यान्वयन गरेमा देशमा रोजगारी सिर्जना गर्न र देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन धेरै समय पक्कै लाग्दैन । पढेलेखेको व्यक्ति उद्यमी र समाजको प्रतिनिधि बने देश विकास  गर्न असम्भव छैन । 

(थ्रेड गार्मेन्टका सञ्चालक) 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १०:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC