site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
Ghorahi CementGhorahi Cement

काठमाडौं । सरकारले भारतसँग मल खरिद् प्रक्रिया अघि बढाउने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले किसानको समस्यालाई निराकरण गर्नेगरी जी टु जी (सरकार–सरकारबीच खरिद् सम्झौता) माध्यमबाट पाँच वर्षका लागि मल खरिद् प्रक्रिया अघि बढाउने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

“पाँच वर्षका लागि सम्झौता गर्न लागिएको हो । सुरुमा एक लाख मेट्रिक टन युरिया लगायतका मल खरिद् गर्नेगरी सम्झौता गर्ने कुरा भएको छ,” ज्ञवालीले भने, “त्यो वर्षेनि वृद्धि गर्नेगरी सम्झौताको प्रक्रिया अघि बढाइने छ ।”

Agni Group

फेरि अध्यादेश
मन्त्री ज्ञवालीले सरकारले स्वास्थ्यकर्मी लक्षित अध्यादेश ल्याउन लागेको जानकारी दिए । “मन्त्रिरिषद् बैठकमा अध्यादेशबारे पनि छलफल भएको थियो,” उनले भने, “सम्भवतः स्वास्थ्यकर्मीका लागि अध्यादेश जारी हुन्छ ।”

अध्यादेशमा स्वास्थ्यकर्मीहरूको सेवा, सुविधा, सुरक्षा आदि विषय समेटिने बताइएको छ । आजै अध्यादेश जारी हुने अर्का एक मन्त्रीको भनाइ छ ।

Global Ime bank

एसईई परीक्षा आन्तरिक मूल्याङ्कनबाटै
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा आन्तरिक मूल्याङ्कनबाटै गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा यसवर्षको परीक्षा पनि आन्तरिक मूल्याङ्कन (सम्बन्धित विद्यालयको)अनुसार नै गर्ने निर्णय भएको ज्ञवालीको भनाइ छ ।

गत वर्ष पनि कोरोना कहरका कारण यही विधि अपनाइएको थियो । यस वर्ष पनि नयाँ भेरियन्टका कारण एसईई परीक्षामा आन्तरिक मूल्याङ्कनलाई नै आधार बनाउन लागिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  ०८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC