site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एसईई परीक्षाको नतिजा आन्तरिक मूल्यांकनबाटै सार्वजनिक गर्ने निर्णय
Sarbottam CementSarbottam Cement

काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । 

विभागीय मन्त्रालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बैठक स्रोतले जानकारी दियो । 

Prabhu Bank
Agni Group
NIC Asia

यो वर्ष जेठ १३ गतेदेखि एसइई तोकिएको थियो । यद्यपि संक्रमण बढ्दै जाँदा सम्भव नदेखिएको भन्दै राष्ट्रिय परीक्षा बोर्डले परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने अनुमति माग्दै शिक्षा मन्त्रालयलाई पत्राचार गरेको थियो । देशभरीबाट ५ लाख १७ हजार विद्यार्थी एसईईको तयारीमा छन् । 

गतवर्ष पनि अहिलेको जस्तै अवस्था आएपछि सम्बन्धित विद्यालय आफैले आन्तरिक मूल्याङ्कन गरी पठाएको अङ्कका आधारमा बोर्डले नतिजा प्रमाणीकरण र सार्वजनिक गरेको थियो । सरोकारवालाले यस वर्ष पनि आन्तरिक मूल्याङ्कन गराउन सुझाव दिएका थिए ।  

Global Ime bank

एसईई दिने परीक्षार्थी सबैको इन्टरनेट, ल्यापटप र कम्प्युटर नहुने भएको र मोबाइलबाट कक्षा लिए जस्तै परीक्षा दिन नसकिने भन्दै आन्तरिक मूल्याङ्कन विधि नै उपयुक्त भएको जोड दिइएको थियो । 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  ०६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC