site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
वकिलहरूले न्यायाधीश तय गर्ने, उनीहरूले लेखेर दिएको फैसला गर्ने ? : प्रधानमन्त्री
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालोकोटधारीहरूले अदालतको न्यायिक प्रणालीलाई बिगार्न लागेको बताएका छन् । 

युवा संघको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानन्यायाधीशहरूले पेन्सन खाएर न्यायिक प्रणाली बिगार्न लागेको बताए । आफ्ना पालामा केही नगर्ने तर सरकारले गर्न लागेको काममा अवरोध गर्न लागि परेको बताएका हुन् । 

Agni Group

“केही कालोकोट लगाएका व्यक्तिहरू अदालतको मानसम्मान, न्यायाधीशहरूको मानसम्मान गरिमा, त्यसको पनि किञ्चित ख्याल नराख्ने, कस्तो न्यायिक सिस्टम हामी तय गर्दैछौं ? वकिलहरूले न्यायाधीश तय गर्ने अब ? वकिलहरूले लेखेर ल्याएको, उनीहरूले पढेर सुनाउ भनेको न्यायाधीश चाहियो ?,” उनले प्रश्न गर्दै भने ।

वकिलहरूले नै फैसला लेखिदिनुपर्ने हो भन्दै उनले संसद् विघटनसम्बन्धी मुद्दामा बहस गरिरहेका कानुन व्यवसायीमाथि प्रश्न गरे ।

Global Ime bank

“उहाँहरू त्यही चाहिरहनुभएको छ । हामीले लेखेर दिएको फैसला पढिसुनाउने न्यायाधीशबाहेकलाई हामी मान्दैनौँ । यसप्रकारका कुरा छन् । न्यायालय कुन अवस्थामा पुग्दैछ । कालोकोटधारी केही व्यक्तिहरूले न्यायालयलाई कुन अवस्थामा पुर्‍याउँदैहुनुहुन्छ ? कुन हैसियतमा पुर्‍याउँदै हुनुहुन्छ ? बडो गम्भीर विषय छ । पूर्वन्यायमूर्ति, उहाँहरूले न्यायालयको कसरी हुर्मत लिँदै हुनुहुन्छ, पेन्सन खाएर । आफ्नो समयमा केही नगर्ने ! अनि वर्तमान न्यायालयका कामकारबाहीमाथि हस्तक्षेपकारी ताण्डव गर्ने सडकमा ? यसले हाम्रो लोकतन्त्रलाई कहाँ पुर्‍याउँछ ?” उनको प्रश्न थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  १६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC