site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
'विधि–पद्धति भन्ने, आफ्नै सरकार ढाल्ने विरोधीसँग साँठगाँगठ गर्ने !’
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट माधवकुमार नेपाल समूहले विधि–पद्धतिका नाममा अराजकता खडा गरेको बताएका छन् । युवा संघ नेपालको सचिवालय बैठकलाई सम्बोधन गर्दै सोमबार प्रधानमन्त्री ओलीले नेता नेपालहरू विरोधीसँग साँठगाँठ गर्दै आफ्नै सरकार ढाल्न लागिपरेको बताएका छन् ।

“अनावश्यक खालको अनुचित तानातान, खिचातानी, अस्वस्थ खालको गतिविधि, त्यो निरन्तर चलिरह्यो । निर्दलीय, अनुशासनहीन र अराजक क्रियाकलाप खुलेआम भए,” उनले नेपाल समूहलाई आरोपित गर्दै भने, “सगर्व गरे । यति निर्लज्ज त मैले डेमोक्रेसीमा मैले कहिल्यै देखेको छैन । डेमोक्रेसीमा मूल्य–मान्यता छाडेर फ्लोर क्रस गर्ने गराउने, बागीविद्रोही उमेदवार उठ्ने उठाउने, बागीविद्रोहीलाई सगौरव घोषणा गर्ने, जिताउन मत हाल्ने, यो कुरा पत्रकार महासंघको चुनावमा पनि देखियो । वाग्मतीमा पनि देखियो । र, हामी एक्लै बहुमतमा थियौँ पार्टीभित्रबाट खुलेआम अन्तरघात गरेर, अनुशासनहीनताको नांगो नाच प्रस्तुत भयो ।”

उनले नेता नेपाल समूहले पार्टीलाई कमजोर बनाउन जुनसुकै भूमिका खेल्न तयार भएको आरोप पनि लगाए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  १६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC