site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जसपा ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा जाने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । जनता समाजवादी पार्टी ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जाने भएको छ । आज बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जसपाका अध्यक्ष महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण लगायतले छलफल गरेका थिए । छलफलमा अहिलेसम्म भएका कामको समीक्षा भएको नेता कर्णले जानकारी दिए । 
 
उनले आफ्नो पार्टीमा छलफल गरेपछि मात्रै सरकारमा जाने विषयमा टुङ्गो लाग्ने बताए । “सरकारमा आउन त प्रधानमन्त्रीजीले सुरुदेखि नै भनिराख्नु भएको छ । मन्त्रालयका विषयमा ८ मन्त्री र २ राज्यमन्त्री भनेर अस्तिदेखि नै भन्नुभएको छ ।  हाम्रो पाटीभित्र विवाद छ । छलफल भएको छैन । हामीभित्र छलफल गर्छौैं त्यसपछि मात्रै कुन मन्त्रालय लिएर जाने भन्ने कुरा टुंगो लाग्ला,” उनले भने ।
 
उनले सिङ्गो पार्टीको विवाद तत्कालै समाधान नहुने भएकाले आफ्नो समूहभित्र मात्रै छलफल हुने बताए । संविधान संशोधनका लागि सरकारले ५ सदस्यीय कार्यदल बनाएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्ष सरकारमा नजाने र ठाकुर पक्ष सरकारमा जाने पक्षमा छ ।
 
पार्टीको विवाद उत्कर्षमा पुगिरहेका बेला जसपाको ठाकुर पक्ष सरकारमा जान लागेको हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  १५:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC