राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले जनमत प्रभावित पार्ने दुरासययुक्त बजेट ल्याएको टिप्पणी गरेको छ । सोमबार संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरेर सरकारले देखिने मूर्त, ठोस उपलब्धीबिना नै ऋण भार बढाएको बताएको छ । मौजुदा सरकारले कार्यकाल सुरु गर्दा ८ अर्ब ऋण रहेकोमा अहिले बढेर झण्डै १६ सय अर्ब पुगेको बताएको छ ।
नेपाली कांग्रेसले सरकारले बजेटमा कुनै नयाँ कार्यक्रम नसमेटेको बताएको छ । सरकारले हचुवाका भरमा केही कार्यक्रम सुरु गरेको र त्यसले दीर्घकालीन रूपमा प्रभाव नपार्नेसमेत निष्कर्ष निकालेको छ । कोरोनाबाट अर्थतन्त्र उकास्न कुनै योजना अघि नसारेकोमा उसले असन्तुष्टि जनाएको छ ।
कांग्रेसको पत्रकार सम्मेलन जारी छ ।
प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८ १४:३९
प्रतिक्रिया दिनुहोस्