site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुदूरपश्चिममा एमालेद्वारा ६ मन्त्रीसहित ७ जनालाई कारबाहीको सिफारिस 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिमका तीन मन्त्री र तीन राज्यमन्त्रीसहित सातजनालाई कारबाहीको सिफारिस गरेको छ । प्रदेश कमिटीले स्पष्टीकरण सोधे पनि जवाफ नआएपछि आवश्यक कारबाहीका लागि पार्टी केन्द्रमा सिफारिस गरेको प्रदेश कमिटीका सचिव राजेन्द्र रावलले जानकारी दिए ।

भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद र आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराज कारबाहीमा पर्ने भएका हुन् ।
 
त्यस्तै एमाले प्रदेशसभाकी सचेतक दुर्गाकुमारी कामीलाई पनि कारबाहीको सिफारिस गरेको रावलले जानकारी दिए ।
 
भोलि बालुवाटारमा बस्ने स्थायी कमिटी बैठकले उनीहरुको कारबाहीबारे निर्णय गर्नेछ । पार्टी केन्द्रको निर्णय विपरित सरकारको समर्थन निरन्तरता दिएको भन्दै एमालेले यसअघि सरकारका मन्त्री तथा प्रदेश संसदीय दलका नेतासहित तीनजनालाई साधाराण सदस्यबाट हटाइसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  १४:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC