site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन आज, मतपरिणाम भर्चुअल माध्यमबाट   
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभामा रिक्त एक पदमा आज उपनिर्वाचन हुँदैछ । राष्ट्रियसभा सदस्य रहेका चन्द्रबहादुर खड्का नेकपा एमाले प्रवेश गरेपछि नेकपा माओवादी केन्द्रले कारबाही गर्दा रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो ।
 
दाङको घोराही उपमहानगरपालिकास्थित कर्मचारी मिलन केन्द्रलाई निर्वाचन आयोगले मतदानस्थल तोकेको छ । उक्त मतदानस्थलमा प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड संक्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ ।
 
उक्त निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनकातर्फबाट दृगनारायण पाण्डे उमेदवार छन् । पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका साझा उमेदवार हुन् ।
 
उपनिर्वाचनमा प्रदेशकातर्फसभा सदस्य ८३ र गाउँपलिकाका अध्यक्ष–उपाध्यक्ष, नगरपालिकाका प्रमुख–उपप्रमुख २१७ गरी जम्मा ३०० मतदाता छन् । मतदाताको अन्तिम नामावलीमा प्रदेशसभा अन्तर्गत ७९ सदस्यको मात्रै नाम भएपनि जनता जसपाका चार सांसदलाई पनि मताधिकार दिइएपछि ८३ सदस्य भएको हो ।
 
जसपाका अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी निर्णय विपरित सरकारमा सहभागी भएको भन्दै कारबाही गरेपछि उनीहरुको प्रदेशसभा सदस्य पद रिक्त भएको थियो । तर, सर्वोच्च अदालतले प्रदेशसभा सदस्यहरु सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव र सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेश सभा सदस्यबाट मुक्त गरिएको निर्णय कार्यान्वयन नर्गन अन्तरिम आदेश दिएको थियो । त्यसै अनुसार आयोगले हिजो मात्रै उनीहरुले पनि मतदान गर्न पाउने निर्णय गरेको छ । 

बिहान ९ बजेदेखि दिउँसो ३ बजेका लागि मतदानको समय तोकिएको छ । 

निर्वाचनको नतिजा भर्चुअल माध्यमबाट आज नै सार्वजनिक गरिने सहायक निर्वाचन अधिकृत निमराज भट्टराईले जानकारी दिए ।  राष्ट्रिय सभा उपनिर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मतभार गणना हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  ०६:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC