site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कामचलाउ सरकारले ल्याएको बजेटले काम गर्दैन, संसद पुनःस्थापना भएर अर्को बजेट आउँछ : शेखर कोइराला
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडाैं । अर्थविद्ले आगामी वर्ष २०७८/०७९ को बजेटले विगतकै योजनालाई निरन्तरता दिएको बताएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आइतबार आयोजना गरेको ‘बजेटले वर्तमान आर्थिक अवस्था र महामारीसँग लड्न सक्छ?’ विषयको भर्चुअल अन्तरक्रियामा अर्थविद्ले बजेटले खासै नयाँ योजना नल्याएको बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा नेता कोइरालाले कामचलाउ सरकारले ल्याएको बजेटले काम नगर्ने बरु संसद पुनःस्थापना भएर अर्को सरकारले पूर्ण बजेट ल्याउने विचार व्यक्त गरे ।

कांग्रेसका नेता तथा पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गगनकुमार थापाले कोरोनाको उपचारका लागि अहिलेको अवस्थामा अस्पतालमा चिकित्सक थप्न सरकारलाई आग्रह गरे ।

Global Ime bank

काग्रेस केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले कोरोनाका कारण धेरै नेपालीले रोजगारी गुमाएको तर यसलाई सम्बोधन गर्ने खालको बजेट आउन नसकेको बताए । पूर्व अर्थराज्यमन्त्री भरतकुमार शाहले मुलुकको अर्थतन्त्र कोरोनाका कारण ध्वस्त भएको बेलामा यति ठूलो बजेट ल्याउनु गैरजिम्मेवारी काम भएको बताए ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेल र डा. गोविन्दराज पोखरेलले बजेट राजनीतिमुखी भएको आरोप लगाउँदै पूर्वअध्ययनबिना नै योजना समावेश गरिको बताए ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले राजनीतिक दलले भन्दा पनि व्यक्तिले लाभ लिने खालको बजेट आएको भनाइ राखेका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  २३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC