site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ईश्वर पोखरेलले उज्वल थापाको स्वास्थ्यबारे जानकारी लिए, अवस्था थप जटिल
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विवेकशील साझा पार्टीका नेता उज्वल थापाको स्थास्थ्य अवस्था बारेमा जानकारी लिएका छन् । उपप्रधानमन्त्री पोखरेलले मेडिसिटी अस्पतालका चिकित्सकहरूसँग टेलिफोनमार्फत थापाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । 

साथै उनले थापाकी आमा शान्ता थापालाई टेलिफोन गरी सरकारकातर्फबाट सहयोग गर्नुपर्ने भए जानकारी गराउन आग्रह गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

यसैबीच थापाकाे  स्वास्थ्यमा थप जटिलता देखिएकाे छ । थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट आज जारी भएको विज्ञप्तिमा उनको स्वास्थ्य अवस्था जटिल बनेको उल्लेख छ ।

"अहिले अस्पतालमा भ्ऋःइ प्रविधिबाट विशेषज्ञहरुबाट, अस्पतालभन्दा बाहिरका विशेषज्ञहरूको राय सल्लाहलाई समेत मध्यनजर गर्दै, उहाँको उपचार भैरहेको भए तापनि उज्वलको अवस्था जटिल हुँदै गएको छ । उहाँको उपचारको क्रममा उपलब्ध सबै विधिहरूको प्रयोग गरेको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी गराउनु भएको छ," विज्ञप्तिमा भनिएको छ ।

Global Ime bank

थापालाई २ हप्ताअघि कोरोना संक्रमण भएपछि ह्याम्स अस्पताल, ग्रान्डी अस्पताल लगायतका अस्पतालबाट नेपाल मेडिसिटी अस्पतालमा रेफर गरिएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC