site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लोकतन्त्रमा अलोकतान्त्रिक विधिबाट बजेट : मन्त्री यादव
Ghorahi CementGhorahi Cement

जनकपुरधाम । प्रदेश नम्बर–२ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले लोकतान्त्रिक देशमा अलोकतान्त्रिक विधिबाट बजेट आएको भन्दै असन्तुष्टि जनाएका छन् ।

शनिबार केन्द्र सरकारले ल्याएको बजेटप्रति प्रतिक्रिया दिँदै उनले अध्यादेशमार्फत ल्याइएको बजेट लोकतन्त्रको पद्धतिअनुसार नभएको बताए । “बजेट विधिअनुसार आएको छैन । लोकतन्त्रमा सदनबाट बजेट आउनुपर्छ,” उनले भने, “असंवैधानिक रुपमा बजेट आएको छ । समग्रमा त बजेट आवश्यकताअनुसार नै आएको छ । स्वास्थ्यमा सरकारले दिएको प्राथमिकता पनि राम्रै छ ।”

Agni Group

देश संक्रमणमा रहेको भन्दै घोषणा गरिएको योजना कार्यान्वयनमा चुनौती आउन सक्ने उनले बताए । वैकल्पिक शिक्षाका योजनाहरु समावेश हुन नसकेको भन्दै शिक्षामा थप बजेटको आवश्यकता उनले औँल्याए । उनले प्रदेश सरकारलाई दिने बजेट विगतकै जस्तो रहेको भन्दै प्रत्येक वर्ष सरकारले पञ्चायती मोडलमै बजेट ल्याउने गरेको तर्क गरे ।

सरकारले महामारीबाट प्रभावित जनतालाई समेट्न विशेष प्याकेज ल्याउन नसकेको उनले बताए । रोजगारी र भोकमरीजस्ता समस्या समाधान गर्नको लागि ठोस योजना नदेखिएको उनको भनाइ छ ।

Global Ime bank

कार्यान्वयनमा चुनौती 
नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले समग्रमा बजेट राम्रो भए पनि कार्यान्वयनमा चुनौती आउन सक्ने आशंका व्यक्त गरे । बजेटमा योजना महत्वपूर्ण देखिए पनि चुनावी सरकार भएकोले कार्यान्वयनमा अड्चन आउन सक्ने उनको अनुमान छ ।

“बजेट चुनावी सरकारले ल्याएको छ । पुनः त्यही सरकार आउन सकेन भने कार्यान्वयनमा चुनौती आउन सक्छ,” उनले भने, “महत्तवपूर्ण तथा गुरुयोजनाको समय कम भएको हुनाले पनि कार्यान्वयन हुने सम्भावना न्यून रहेको छ ।”

सुनकोसी डाइर्भसन र हुलाकी राजमार्ग योजनाको समय कम रहेको भन्दै समयमा पूरा गर्न कठिनाइ हुने उनले बताए ।

स्वास्थ्यमा प्राथमिकता दिइए पनि विशेष प्याकेज ल्याउन नसकेको उनले औँल्याए । सरकारले गरिब र बेरोजगारको लागि प्याकेज समेटेको भए बजेट अझ राम्रो हुने उनी बताउँछन् । सांसद विकास कोष खारेजीको निर्णय राम्रो रहेको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC