site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश–१ का विपक्षी सांसदद्वारा प्रदेश प्रमुखसँग भेटवार्ता
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश नम्बर–१ का प्रमुख विपक्षी दलले संविधानसम्मत ढंगले बजेट ल्याउने वातावरण बनाउन भन्दै प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका छन् ।

प्रमुख विपक्षी नेपाली कांग्रेससहित तीन दलले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’सँग आइतबार भेट गरी बजेटबारे ध्यानाकर्षण गराएका हुन् ।

प्रदेश सरकारले कोरोनो बहाना बनाएर प्रदेशको बजेट अधिवेशन बोलाउन आलटाल गर्दै पूर्वबजेट छलफलसमत नगर्ने र अध्यादेशबाट बजेट ल्याउने तयारी थालेसँगै विपक्षी दलले प्रदेश प्रमुखको ध्यानाकर्षण गरिएको जनाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेसका नेता राजीव कोइरालाले संविधान र प्रदेश कानुनमा उल्लेख भएअनुसार असार १ गते प्रस्तुत हुने बजेटअगावै सरकारले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र बजेटमाथि पूर्वछलफल गराउनुपर्ने भएकोले बजेट अधिवेशन डाक्न आग्रह गरे । “प्रक्रियागत ढंगले बजेट आउनुपर्छ भन्ने हाम्रो माग हो,” उनले भने ।

कांग्रेस प्रमुख सचेतक केदार कार्कीले प्रदेश प्रमुखको जिम्मेवारी संविधानको पालना गराउने भएकोले प्रदेशको बजेट असार १ गते प्रदेशसभाबाटै प्रस्तुत हुनुपर्ने बताउँदै आर्थिक नियमावलीअनुसार पूर्वबजेट छलफल नगराई गराउन नमिल्ने भन्दै प्रदेश प्रमुखको ध्यानाकर्षण गराए । उनले भने, “यसबारे प्रदेश प्रमुखबारे ध्यानाकर्षण गराउन चाहन्छौँ । प्रदेशको अभिभावकको नाताले पनि प्रदेश प्रमुख कुनै एक दलको मात्र नभई सबै दल र समग्र जनताको प्रतिनिधि हुनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।”

Global Ime bank

कार्कीले कोरोना संकटका बेला समस्यामा परेका नागरिकको उपचार निःशुल्क हुनुपर्नेमा प्रदेश सरकार हराएको भन्ने नागरिकस्तरमा सन्देश गएको बताए । विपक्षी दलहरु प्रक्रियागत ढंगले अघि बढेको भन्दै पहिले सरकारलाई ध्यानाकर्षण गराएको तर योपटक प्रदेश प्रमुखसमक्ष आएको कार्कीले सुनाए ।

नेकपाका (माओवादी केन्द्र)का सांसद विजय विश्वासले बजेट सदनबाट आउनुपर्ने आफूहरुको माग रहेको बताउँदै भने, “तर, हामीले ध्यानाकर्षण गराउँदा समेत सरकारबाट कुनै रेस्पोन्स नआएकोले अध्यादेशबाट ल्याउने भन्ने सूचना आएको छ । यसप्रति प्रदेश प्रमुखले आफ्नो जिम्मेवारी पूरा गर्नुहुन्छ भन्ने आशा छ ।”

बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुखले सरकारसमक्ष आग्रह गर्न विपक्षी दलले सुझाव पनि दिएका छन् । जसपा संसदीय दलका नेता जयराम यादवले प्रदेश सरकार जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा त्यो नदेखिएको बताए ।

विपक्षी दलको प्रतिनिधिमण्डलमा कांग्रेस सचेतक सूयर्माराज राई र माओवादीका सांसद कुशल लिम्बू पनि सहभागी थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  ११:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC