site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
खोपका लागि सहयोग गर्न राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिलाई पत्राचार
Sarbottam CementSarbottam Cement

वासिङ्टन डीसी । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी राष्ट्रपति जोसेफ आर वाइडेनलाई पत्र लेखी कोरोनाभाइरसविरुद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गरेकी छन् ।

राष्ट्रपति भण्डारीको पत्र शुक्रबार अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले डीसीस्थित स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार इर्भिन मासिंगालाई हस्तान्तरण गरेका छन् । पत्र हस्तान्तरण गर्दै राजदूत खतिवडाले नेपालको पछिल्लो अवस्था र खोप योजनाका बारेमा विस्तृतमा जानकारी गराएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

राजदूत खतिवडाले अमेरिकी सरकारसँग नेपालले अष्ट्राजेनिका खोप अधिकतम प्राप्त गर्ने अपेक्षा राखेको समेत मासिंगालाई बताएका थिए । अमेरिका र नेपालबीच लामो समयदेखि द्विपक्षीय सम्बन्ध रहेको स्मरण गर्दै उनले कोरोनाभाइरस विरुद्धको लडाइँमा पनि अमेरिकाको महत्वपूर्ण सहयोगको अपेक्षा नेपालले गरेको बताए । साथै, उनले नेपाल सरकारले जोन्सन एन्ड जोन्सनको खोप जानसिन इन्फेक्सियस डिजिज एन्ड भ्याक्सिन्स फर्मास्युटिकल्स कम्पनीसँग खरिद गर्ने योजनमा रहेको मासिंगालाई जानकारी गराएका थिए ।

राजदूत खतिवडासँगको भेटमा मासिंगाले अमेरिकी सरकारले खोपको प्रक्रियालाई तदारुकताका साथ अगाडि बढाउने बताए । भेटमा उनले नेपालमा कोरोनाभाइरसले पारेको क्षतिका विषयमा गहिरो सहानुभूति राख्दै कोभ्याक्सअन्तर्गतको खोप कोभ्याक्स र द्विपक्षीय सम्झौताअनुरूप नेपालले प्राप्त गर्ने अंश सम्भव भएसम्म छिटो उपलब्ध गराउने बताएका थिए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  ०९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC